‘भ्यालेन्टाइन्स डे’ को साटो ‘बहिनी दिवस’ मनाउने विश्वविद्यालयको घोषणा

Posted on: 31 Jan, 2019

काठमाडौं | फेब्रुअरी १४ का दिन प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइन्छ । तर, पाकिस्तानको एक विश्वविद्यालयले चाहीँ उक्त दिन प्रणय दिवसको साटो भगिनी दिवस मनाउने घोषणा गरेको छ ।

इस्लामिक परम्परा तथा संस्कृतिलाई बढावा दिनका लागि भन्दै हरेक वर्ष फेब्रुअरी १४ मा सिस्टर्स डे मनाउने फैसला गरेको हो ।

फैसलावादस्थित कृषि विश्वविद्यालयले यस्तो निर्णय गरेको विश्वविद्यालयका उप कुलपतिले जानकारी दिएका छन् । विश्वविद्यालयले भगिनी दिवसको दिन छात्राहरुालई स्कार्फ तथा कपडाहरु उपहारको रुपमा दिन सकिने नियम पनि तय गरेको छ ।

विश्वविद्यालयका अनुसार यस्तो दिवस मनाउनु पाकिस्तानको हीत तथा इस्लाम कानून मुताविक छ । तर विश्वविद्यालयले घोषणा गरेको भगिनी दिवस कत्तिको सफल होला ? त्यो चाहीँ समयले नै देखाउला ।

स्मरण रहोस् सन् २०१७ मा इस्लामावाद उच्च अदालतले एक आदेश जारी गर्दै भ्यालेन्टाइन्स डे माथि प्रतिबन्ध लगाएको थियो । प्रणय दिवस मनाउन मात्र होइन यस सम्बन्धी समाचार तथा समाग्रीहरु प्रकाशन प्रशारण समेत नगन सञ्चार माध्यमहरुलाई अदालतले आदेश दिएको थियो । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!