कण्डम किन्ने लाजले प्लाष्टिक प्रयोग गरी यौनसम्पर्क गरेपछि...

Posted on: 16 Sep, 2016

भदौ ,काठमाडौँ । भियतनाममा एक जोडीले प्लाष्टिक प्रयोक गरेर सेक्स गर्दा गम्भीर ‘सेक्स इन्जुरी’ भएको छ । 

यौनांगमा गम्भिर चोट देखिएपछि उनीहरुलाई हस्पिटलमा भर्ना गरिएको छ । उनीहरुले पहिलो पटक सेक्स गर्नका लागि प्लाष्टिकको प्रयोग गरेका थिए । पसलमा गएर कण्डम किन्न लाज मानेपछि उनीहरुले प्लाष्टिकको प्रयोग गरेर सेक्स गर्ने निर्णय गरेका थिए ।

उनीहरुलाई हानोइमा रहेको हस्पिटलमा भर्ना गरिएको छ । दुवैजना कलेज पढ्ने विद्यार्थी रहेका छन् । पब्लिक ठाउँमा कण्डम किन्दा लाज हुने डरले केटाले प्लाष्टिकको प्रयोग गरेर सेक्स गर्न केटीलाई आग्रह गरेका थिए । केटीले पनि सहमति जनाएपछि उनीहरुले प्लाष्टिकको प्रयोग गरेर सेक्स गरेका थिए ।

तर, प्लाष्टिकको झोला खस्रो भएको र नतन्किने तथा कुनै पनि लुब्रिकेन्ट नभएको रहेको थियो । भियतनामको पत्रिका टुवइ ट्रिका अनुसार उनीहरुले उक्त प्लाष्टिकको प्रयोगले सेक्स गरेपछि दुवैको यौनांग रगताम्य भएको थियो ।

 रगत बग्न थालेपछि केटाकेटी दुवै मेडिकल चेकअपका लागि हस्पिटल गएका थिए । चिकित्सकहरुले एन्टीबायोटिक्स र केही मलमहरु लगाउन सुझाव दिएका थिए । तर, जब उनले यौनांगमा गम्भीर घाउहरु भएको थाहा पाए तब कहिल्यै पनि सेक्स गर्दा प्लाष्टिकको प्रयोग नगर्न सुझाब दिए ।

 घरमा प्रयोग हुने प्लाष्टिकका सामानले कन्ट्रासेप्टिभको काम नगर्ने भन्दै उनीहरुलाई सुझाव दिएको चिकित्सकले बताए । उनीहरुलाई यस्ता प्लाष्टिकको प्रयोगले यौनांगमा पछि ठुलो समस्या समेत पैदा गर्ने चिकित्सकले बताए । एजेन्सीको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!