फेसबुकले ल्यायो यस्तो नयाँ एप्लिकेशन

Posted on: 05 Dec, 2017

मंसिर १९, काठमाडौँ । फेसबुकमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले एकाउन्ट बनाउन पाउँदैनन् । तर पनि धेरै बालबालिकाले फेसबुक र म्यासेन्जर चलाइरहेका हुन्छन् । उनीहरुलाई लक्षित गरी फेसबुकले च्याट एप्लिकेशन ल्याएको छ ।

फेसबुकले म्यासेन्चर किड नामको एप्लिकेशन ल्याएको हो, यसबाट १३ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकाले च्याट गर्न, रमाइला भिडियो हेर्न, फोटो तथा स्टिकरहरु पठाउन सक्छन् । 

तर यसका लागि अभिभावकले स्वीकृति दिनुपर्ने हुन्छ । यसबाट बालबालिकाले साथीहरुलाई म्यासेज पठाउँदा पनि अभिभावकले स्वीकृत गरिदिनुपर्छ । 

यो एप्लिकेशनमा बालबालिकाले आफैले साथीहरुलाई च्याटमा जोड्न अथवा म्यासेज डिलेट गर्न मिल्दैन । 

अभिभावकले मात्र साथीसँग जोडिदिन र म्यासेज डिलेट गरिदिन सक्छन् । बच्चाहरुले छुट्टै एकाउन्ट पनि बनाउन सक्दैनन, त्यो अभिभावकको फेसबुक एकाउन्टमा जोडेर (कनेक्ट गरेर) चलाउनुपर्छ ।

अभिभावकले च्याट एप्लिकेशनमा फेसबुक एकाउन्टको सूचना जोडिदिएपछि च्याट एप्लिकेशन खुल्ने छ र बच्चाको प्रोफाइल जोड्नुपर्छ । यसपद्धि अभिभावकको निगरानीमा बालबालिका च्याट गर्न, भिडियो हेर्न र साथीसँग जोडिन सक्छ । यो एप्लिकेशन आइओएसमा उपलब्ध रहेको छ । स्रोत: उज्यालोअनलाइन 


यस बिषयमा तपाइको प्रतिक्रिया...!