खोटाङमा तत्कालिन माओवादीले यसरी मारेका थिए ‘हर्क वहादुर राई’

Posted on: 23 Nov, 2017

मंसिर ७, खोटाङ । बि: स २०५८ साल माघ ३ गते जाडोको महिना विहानी सिरेटोको प्रवाह नगरी जन्तेढुंगा गाउँपालिका साविक चिसापानी वडा नम्बर आठमा अवस्थित चिसापानी उच्च माध्यमिक विद्धालयमा विहानी कक्षा सकेर डेरा फर्कदै गर्दा चिसापानी गाविस साविक वडा नं. ७ का क्याम्पस प्राचार्य हर्क बहादुर राईलाई तत्कालिन माओवादी लडाकुहरुले अपरहरण गरे । 

गोपाल किरातीले नेतृत्व गरेको खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा माओवादी पार्टीमा मर्ज भएको तीन महिनामै शिक्षक राई अपहरणमा परेका थिए ।

डेरा पुग्छु भनेर हतार–हतारमा वढिरहेका राईका पाईलाहरु मुक्ति मोर्चावाट २०५८ कार्तिक २८/२९/३० को अधिवेशनवाट माओवादी पार्टीमा मर्ज भएका माओवादीका लडाकुहरुले मोडिदियो । उता, राईको निजि निवास साविक चिसापानी ७ मा तत्कालिन माओवादी लडाकुहरु जित वहादुर राईका टोली प्राचार्य राईका परिवारलाई डर, धम्की देखाउन घरमा खटेका थिए । 

परिवारलाई मानशिक तथा शाररिक पिडा दिदैं गर्दा अपहरणमा परेका राईलाई काहुलेको होङमापोखरीमा माओवादी लडाकुहरु रामकुमार राई (पासाङ), राजन मण्डेला लगायतका टोलीले विभत्स हत्या गरी सकेको थियो । हत्या सकेपछि घरमा अलमलाउने टोली पनि निस्कीसकेका थिए । 

२००७ सालमा जन्मेका राईलाई ५१ वर्षको उमेरमा विभत्स हत्या गरिएको निर्दोष लाशमाथी संस्कृत भाषाको परिक्षा लिने वाहुनवादी र भ्रष्टचारीलाई भगाउन सहयोग गरेको भन्दै माओवादीका तिनै हत्यामा संलग्न टोलीहरुले नारावाजी गर्दै खुशियाली मनाएको अपहरणमा मारिएका राईका छोरी अर्चना राईले बताईन् । “उहाँ समाजसेवी भावनाका हुनुहुन्थ्यो माओवादीले, शैक्षिक संस्थामा संस्कृत भाषा परिक्षा लिएको भन्दै मार्ने चेतावनी दिंदा शिक्षकहरु जगदिशराज नेपाल, रेवतीरमण कोइराला विद्धालय छोडेर भागे ।

शैक्षिक संस्था वन्द हुनु हुन्न भनेर विद्धालयलाई निरन्तर सञ्चालन गर्दा मेरो वुवाको हत्या भयो । ललितपुरस्थित गोठभञ्ज्याङ माविमा कार्यरत शिक्षिका अर्चनाले भावविव्हल मुद्रामा सुनाईन् । उनले भनिन, “अवका दिनमा जस्तै बज्रपात पनि हाम्रा लागि त्यो सामान्य हुनेछ । जुन दिन मेरा आमालाई विधुही बनाईयोे, हामीलाई टुहुरो बनाईयो । तर, आज त्यही मान्छे हाम्रै वरीपरी  घुमिरहेको देखेका छौ ।”

श्रीमानको हत्या भएको कहाली लाग्दो घट्नाले उनकी श्रीमती भरतमाया राईलाई अझै पिरोल्ने गरेको छ । माओवादीका सिपाही हुं भन्नेहरुले मेरो श्रीमानको नरसंहार ग¥र्यो । काठमाण्डौ काँडाघारीमा अस्थायी डेरा लिएर बस्नुभएका भरतमायाले भनिन् “आज त्यही हत्यामा संलग्न मान्छे जनप्रतिनिधि हुन खोज्दैछन् ।” मजस्तै कयौ श्रीमतीहरुको सिउँदो खाली वनाएका छन् ।   

भरतमाया श्रीमानको हत्या भएपछि एक छोराका साथमा राजधानीमा वसोवास गरिरहेकी छन् । तीन छोरी, एक छोराका आमा गाउँमा एक्लै भएको तथा पुरानो घट्नाले पिडा वल्झीरहने हुनाले काठमाण्डौ राखिएको जेठी छोरी अर्चनाले बताईन् । 

काम विशेषले मात्रै गाउँ जाने गरेका छौ । उनले सुनाईन् । परिवारकै सल्लाहमा २०६८ वाट ‘हर्क वहादुर राई स्मृती प्रतिष्ठान’ समेत सुरु भएको छ । प्रतिष्ठानले सामाजिक कार्यमा सहयोग गर्दै आएको प्रतिष्ठानका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो । 

राईको चिसापानी उच्च माविमा २०७२ मा शालिक प्रतिस्थापना गरिएको छ । शालिक वर्तमान प्रधानमन्त्री शेरवहादुर देउवाले अनावरण गर्नुभएको हो । माओवादीले हत्या गरेका राईका परिवारले राज्यवाट पाउनुपर्ने १० लाख क्षतिपुर्ती पाएका छन । राज्यले अहिलेसम्म शहिद घोषणा गरेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!