आधुनिक पप 'सोल्टी भन्यो मलाइ' गीत यु ट्युबमा (भिडियो सहित)

Posted on: 15 Jun, 2017

असार १, काठमाडौँ | पुर्ब ताप्लेजुङमा जन्मनु भएका गायक गणेश लिम्बुले आधा दशक म्युजिक शिक्षा पछि एउटा आधुनिक पप 'सोल्टी भन्यो मलाइ' गित यु ट्युबबाट स्रोता समक्ष ल्याएका छन् । जसलाई संग्स नेपाल' म्युजिक कम्पनीले सार्बजनिक गरेको छ ।

निस्चल प्रेम राईको सब्द संगीतमा रहेको गीतमा धनु ग्याङ्मीको सुन्दर एरेन्जर रहेको छ । त्यस्तै गीतको निर्देशन अहिलेका ब्यस्त निर्देशक देब जङ थापाले गर्नु भएको छ । त्यस्तै छायांकनमा ज्ञानेन्द्र शर्मा र मोडल तर्फ सम्पदा बानियाँ, अजय लिम्बू र सावन लिम्बुले गर्नु भएको छ । म्युजिक भिडियोको सहायक सहयोगिमा नेहा तामाङ, महिमा मगर, शिला तामाङ बिजु लिम्बू नवीन लामा र देबिनारायण लिम्बू रहेका छन् । 

एउटा सुन्दर गीत बन्नलाई सब्द संगीत तथा एरेन्जमेन्टको ठूलो हात हुने भन्दै गायक गणेश लिम्बूले 'सोल्टी भन्यो मालाइ' बोलको गीतमा सबै मसला पुगेको  बताउनु हुन्छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!