१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भिडियो

‘मलाई छोड्दिनुहोस्, मेरो छोरा पाल्नुपर्छ’

२९ माघ २०७९, आईतवार ०३:२९

माघ २९, काठमाडौँ । दिउँसोको साढे १२ बजेको थियो । गुहार माग्दै डाँको छोडेर याचना मागेको आवाज शिलापत्रको कार्यालयभित्रै आइपुग्यो । ‘मलाई छोड्दिनुहोस् । मेरो छोरा पाल्नुपर्छ । सासू ससुरा हेर्नुपर्छ,’ एक महिला चिच्याइरहेकी थिइन् । तर, उनको चीत्कार सुन्ने पक्षमा थिएनन्, उनीहरू । उनीहरू अर्थात् काठमाडौं महानगरपालिकाको नगर प्रहरीको एक समूह । 

नगर प्रहरीले मूल सडकबाट लखेट्दै ति महिलालाई शिलापत्रको गेटमा ल्याइपुर्‍याएको थियो । ति महिला आत्तिएर गाडामुनि लम्पछार परिन् । दुई हात जोडेर बिन्ती दर्शाइन् तर प्रहरीले उनको गाडा छोड्न चाहेन । ४–५ जना प्रहरीको समूहसँग ति एक्ली महिला निरीह देखिन्थिन् । मकै बेचेर आएको सयको नोट, सानो छोराका लागि बोकेको जाउलो र छोराको जुत्ता भुइँमा झरेको थियो । घुँडामा चोट लागेको थियो । 


गाडामुनि लम्पछार परेकी ति महिलालाई बाहिर निस्कन जबर्जस्त उर्दी दिँदै थिए नगर प्रहरी । ‘तपाईंको अनुहार हेर्नुपर्‍यो । फोटो खिच्नुपर्‍यो । हामी लादैनौँ,’ कर्कश स्वरमा नगर प्रहरीले भनिरहेका थिए । तर, उनी निस्कन डराएकी थिइन् ।

एकाएक मान्छेको भिड र क्यामेरा तेर्सिएपछि नगर प्रहरी हच्किए । गाडामुनिबाट ति महिलालाई तानेर नगर प्रहरीले निकाले । ‘भोलिबाट आउने कि नआउने ?’ धम्कीपूर्ण प्रश्न नगर प्रहरीले तेर्स्याए । बेचैन ति महिलाले जवाफ दिइन्, ‘आउँदिन सर ।’ 

‘हामीले फोटो खिचेका छौँ । आज एक दिनलाई छोडेका हौँ । भोलि पनि आयौ भने लैजान्छौँ,’ चेतावनी दिएर नगर प्रहरी मूल सडकतर्फ लागे । ति महिलाको आँसु थामिएको थिएन ।  शिलापत्रका सहकर्मी साथीहरूले मकैको धोक्रो गाडामा राखेर सम्झाइबुझाइ गरेपछि उनी गाडा धकेल्दै आफ्नो गन्तव्यतर्फ लागिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट