कांग्रेसले चुनाव हार्नुको तीन कारणबारे के भन्छन् गगन थापा ? - सुन्नुहोस्

Posted on: 08 May, 2018

वैशाख २५, कोरिया | नेपालको राजनीति जटिल मोडमा रहेको बेलामा समाजवादी, जनवादी राजनीतिक दलको रुपमा स्थापित रहेको नेपाली कांग्रेसका तात्कालिन अध्यक्ष मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री बने | २००८ साल मङ्सिर १ मा  पहिलो मन्त्रीमण्डल गठनसँगै २०७५ सम्म आईपुग्दा नेपाली कांग्रेस पार्टीको जनताप्रति योगदान सर्हानिय भएपनि किन आज कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवाद ओझेलमा पर्न गयो ? 

राणा साशन, पंचायती साशनसँगै सक्रिय राजतन्त्रको विरुद्धमा आन्दोलनको समेत नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा खाली गुट-उपगुटले पार्टी कमजोर बनाएको सबैको विश्लेषण छ | आखिर कहिलेसम्म ? लगायत यस्तै बिबिध बिषयमा आधारित रहेर साझा सबाल अनलाइनका लागि अर्जुन बरालले कोरियाबाट कांग्रेस नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगनकुमार थापासँग अडियो अन्तर्वार्ता गरेका छन् - तल तपाइले अन्तर्वार्ताको पुरा अंश सुन्न सक्नुहुनेछ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!