२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सन्दीप लामिछानेको अन्तिम सुनुवाइको पेसी न्यायाधीश नारायण प्रसाद दाहालको इजलासमा

२०८०, ६ बैशाख बुधबार ०६:०८

बैशाख ६, काठमाडौं |  नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अन्तिम सुनुवाइको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा परेको छ । सुनुवाइ पेसी सूचीको १ नम्बरमा रहेको छ ।

यसअघि चैत २६ न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको थियो । न्यायाधीश बरालको इजलासले जाहेरवालाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रको लागि उपस्थित हुन आदेश दिएको थियो । यसअघि जाहेरवालाको परीक्षण गर्ने चिकित्सकको नभई अर्कै चिकित्सकले अदालतमा उपस्थित भई बकपत्र गरेको बताइएको थियो ।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।

त्यसपछि जिल्ला अदालतले उनलाई कारागार पठाएको थियो। तर, जिल्लाको आदेशविरुद्ध उच्च पुगेका सन्दीपलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो। उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको थियो। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको थियो। तर, क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले लामिछानेलाई विदेश खेल्न जाने अनुमति पनि दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण