२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होस्टलबाट छोराछोरीलाई लिएर फर्किएकी आमा मृत फेला, छोराछोरी अझै बेपत्ता

२०७५, ७ फाल्गुन मंगलवार ०६:११

फागुन ७, सोलुखुम्बु । सोलुखुम्बुमा होस्टलबाट छोराछोरी लिएर फर्किएकी एक महिला मृत फेला परेकी छन्, भने छोराछोरी बेपत्ता भएका छन् । 

विद्यालयको होस्टेलमा बसेर पढ्दै आएका छोराछोरीलाई लिएर फर्केकी मिङमा याङजी शेर्पाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा सोमबार साँझ फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोमबार बिहान ७:३० बजे खुम्बु पासाङ ल्हामू गाउँपालिका–७, मा रहेको हिमालय आधारभूत विद्यालयको होस्टलमा बसेर पढ्दै आएका कक्षा ४ मा अध्ययनरत ११ वर्षीया छोरी ङिमा डोमा शेर्पा र ७ वर्षीय छोरा कुङ्गा दोर्जी शेर्पालाई ३६ वर्षीय आमा मिङ्मा याङजी शेर्पाले लिएर फर्किएकी थिइन् । 

होस्टलबाट फर्केका बालबालिका र आमा घर नफर्किएपछि खोजतलास गर्दा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव फेलाको प्रहरीले जनाएको छ । 

नदीको किनारमा बच्चाको चप्पल र कपडासमेत फेला परेकाले खोजी कार्य जारी रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

नदीको आसपासमै बच्चाको कपडासमेत फेला परेकाले नदीमा खोजतलास भइरहेको प्रहरीले बताएको छ । मृतक मिङ्मा याङजी शेर्पा खुम्बु पासाङ ल्हामू गाउँपालिका–४, फोर्चेमा होटल सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको शव घटनास्थलमै राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता