२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पुनः निर्माण गर्ने सहमतिपछि भत्काइयो लिम्बूवान गेट

२०८०, २६ बैशाख मंगलवार ०९:३८

वैशाख २६, काठमाडौं | मेची राजमार्गको फिदिम बजारखण्ड विस्तारका क्रममा फिदिम बजारको मध्यभागमा रहेको प्रवेशद्वार ‘लिम्बूवान गेट’ भत्काइएको छ । बजार क्षेत्रको उपयुक्त स्थानमा प्रवेशद्वार स्थापना गर्ने सहमतिपछि हिजो साँझ उक्त प्रवेशद्वार भत्काइएको हो । प्रवेशद्वार संरक्षण गर्दै आएका संस्थासहित जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा प्रवेशद्वार भत्काइएको हो । 

मेची राजमार्गका लागि फिदिम बजारखण्डमा विस्तार गर्दा उक्त प्रवेशद्वार सडकको बीचमा पर्ने भएकाले  भत्काउन लामो समयदेखि छलफल चलेको थियो । प्रवेशद्वारलाई पुरानै स्वरुपमा फिदिमको मुख्य सडकस्थित  माछापुच्छ«े बैंक छेउ, फिदिम माध्यमिक विद्यालयको खेलमैदानअघि वा पुरानो बसपार्क आसपासका तीन स्थानमध्ये एक  स्थानमा निर्माण गर्ने सहमतिपछि भत्काइएको हो । 

 लिम्बूवान गेट व्यवस्थापन समितिका संयोजक मधु केरुङको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्दम्बे, फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, प्रहरी नायब उपरीक्षक हरि खतिवडाको उपस्थितिमा सम्पन्न बैठकले प्रवेशद्वार स्थानान्तरण गर्ने निर्णय गरेको थियो । पछिल्लो समय ‘लिम्बूवान गेट’ नामले परिचित उक्त प्रवेशद्वार आठ मिटर चौडा सडकमा निर्माण गरिएकामा  मेची राजमार्गको फिदिम बजार क्षेत्रको एक दशमलव किलोमिटर सडक १७ मिटर चौडा गर्ने क्रमा प्रवेशद्वार भत्काउनुपर्ने अवस्था आएको थियो ।सङ्घीय सरकारको लगानीमा विस्तार भइरहेको फिदिम बजार क्षेत्रको सडक कालोपत्रको चरणमा पुगेपछि प्रवेशद्वार भत्काइएको हो ।

उक्त प्रवेशद्वार विसं २०४२ मा निर्माण गरिएको थियो । पञ्चायती शासन व्यवस्था २५ वर्षमा प्रवेश गरेका अवसरमा रजत वर्ष मनाउन प्रवेशद्वार निर्माण गरिएको थियो । दिवङ्गत राजा वीरेन्द्र पाँचथरको भ्रमणमा जाँदा  सोही प्रवेशद्वारमा स्वागत गरिएपछि धेरैले यस प्रवेशद्वारलाई राजा वीरेन्द्रको चिनोको रुपमा लिने गरेका थिए । निर्माणपछि प्रवेशद्वारमा राजाको श्रीपेचको आकृति राखिएको थियो । 

जनआन्दोलन २०६२÷६३ पछि तत्कालीन नेकपा (माओवादी)ले श्रीपेचको आकृति मेटाएको थियो । फिदिममा उक्त प्रवेशद्वार निर्माण गर्दा सोही स्थानसम्म मात्रै बजार क्षेत्र रहेकाले बजारको सुरु विन्दुमा प्रवेशद्वार बनाइएको थियो  तर बजार विस्तार हुँदै गएपछि अहिले उक्त स्थान बजारको मध्यभागमा परेको छ । 

पूर्वमा लिम्बूवानको आन्दोलन चर्कदैं गएपछि लिम्बूवान पक्षधरले प्रवेशद्वार रङ्गरोकन गरी लिम्बू (याक्थुङ) जातिको प्रतीक चिन्ह सिलामसाक्माको आकृति यस प्रवेशद्वारमा राखेका थिए । यस्तै च्याब्रुङको आकृति, प्रस्तावित लिम्बूवान क्षेत्रको नक्सा र ‘लिम्बूवान राज्यमा स्वागत छ’ भन्ने शब्दावलीसमेत प्रवेशद्वार लेखिएको थियो । यसपछि उक्त प्रवेशद्वारलाई धेरैले ‘लिम्बूवान गेट’ भन्न थालेका थिए । पर्यटकलाई उक्त प्रवेशद्वारले लिम्बूवान क्षेत्रबारे जानकारी दिने गरेको थियो । 

प्रवेशद्वार भत्काइएपछि छनोट भएका तीनमध्ये एक उपयुक्त स्थानमा फिदिम नगरपालिका, कोशी प्रदेश सरकार, सङ्घीय सरकार र सहयोगी व्यक्ति तथा सङ्घ संस्थाको लगानीमा प्रवेशद्वार निर्माण गर्ने सहमति पनि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस