२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ

२०८०, २४ जेष्ठ बुधबार ०७:१०

जेठ २४, काठमाडौँ | ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा त्यहाँका तीन पूर्वकर्मचारीहरु पक्राउ परेका छन्। अस्पतालको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा विगतमा अस्पतालमा कार्यरत दोलखा भीमेश्वर न.पा. वडा नं. ४ घर भई भक्तपुर ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुर जिल्ला गोदावरी न.पा. वडा नं. ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँ जिल्ला का. म. न. पा. वडा नं.४ बालुवाटार बस्ने वर्ष ३४ का आशिष अर्याल रहेका छन्।


प्रहरीका अनुसार अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको सुक्रा नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरेको आरोप लागेको छ ।

अस्पतालले उनीहरूविरुद्ध बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जसमेतको वास्तविक शुल्क लिइ निजहरूबाट लिएको शुल्कभन्दा कम शुल्क सफ्टवेयरमा दाखिला गराई दुई करोड त्रिसठ्ठी लाख पचपन्न हजार एक रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेको थियो ।

उनीहरूमाथि अपराधिक लाभ तथा अपराधिक विश्‍वासघात सम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर, ललितपुर प्रवक्ता एवम् सूचना अधिकारी नवराज कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस