१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारविरुद्धको अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

१६ असार २०८०, शनिबार ०९:३५

असार १६, पोखरा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानको काम नारोक्कीने बरु थप तीव्रता पाउने बताएका छन् ।

शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै उनले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरूपमा खडा भएको र कुनै पनि सम्झौता नहुने बताए । 

भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतमा सरकार दृढताका साथ अगाडि बढेको र यसलाई थप तीव्र पारिने बताए ।

प्रधानमन्त्रीले भने, ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ ।’ अहिले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

आफ्नो भारत भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएको बताए ।

उनले भने, ‘भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन ।’

पारवहन सन्धि पुनरावलोकन, विद्युत् व्यापार सम्झौता भारत भ्रमणका महत्त्वपूर्ण उपलब्धि भएको उनले बताए ।

आफूले राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको दाबी गर्दै प्रचण्डले छिट्टै चीनको भ्रमण गर्ने गरी तयारी भइरहेको बताए ।

चीन भ्रमणमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उनले बताए ।उनले भने एयर रुटका विषयमा भारतसँग कुरा भइरहेको र चीनमा पनि यो विषयमा छलफल हुने ।

उनले गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी समेत गरे । उनले भने, ‘यो कसैले हिलाएर हिल्दैन। हामी समझदारीका साथ अगाडि बढ्छौँ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार