पढ्न करिब 1 मिनेट लाग्छ

साउन १९, जाजरकोट ।  जाजरकोटको नायकवाडा–४ का १२ वर्षीया सिर्जना सिंहको गएराति खोलाले बगाएर मृत्यु भएको छ ।

घर नजिकै रहेको खोला तर्दै गर्दा सिर्जनालाई खोलाले बगाएको थियो ।

सिर्जनालाई उद्धार गर्दागर्दै ठाडो खोलाले पछारेर ज्यान गएको उनका बाबा लालबहादुर सिंहले जानकारी दिनुभयो ।

खोलाले बगाएको करिब आधा घन्टापछि मात्र सिर्जनालाई भेटृाएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिनुभयो । रासस