१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शेखर-गगन समूहको छुट्टै छलफल, केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्ने

१ श्रावण २०८०, सोमबार ०६:२१

साउन १, काठमाडौं | केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा नेपाली कांग्रेसको शेखर-गगन समूहले अलग्गै छलफल गरेको छ 

काठमाडौंको विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान संस्थापन इतर समूहका नेताहरुबीच छलफल भएको हो ।

केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो बोलाएको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल केन्दि्रत रहेको एक नेताले बताए ।

केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेस सभापति देउवाले आज दिउँसो २:०० बजे आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका छन् । यो बैठकले भोलि (मंगलबार) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने नेताहरुले बताएका छन् ।

बैठकमा कसरी प्रस्तुत हुने र कुन-कुन विषयलाई एजेन्डा बनाउने भन्नेबारे शेखर-गगन समूहले साझा धारणा बनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार