सुन बरामद प्रकरण: चिनियाँ नागरिकसहित थप दुईजना पक्राउ

साझासवाल
1 Min Read

साउन ४, काठमाडौँ | अवैध रूपमा आएको सुन बरामदको घटनामा चिनियाँ नागरिक सहित थप दुई जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान कार्यालयले बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो | लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बतायो। यो प्रकरण सार्वजनिक भएसँगै नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक लिङ चुवानलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । उनी बिगत ४-५ महिनादेखि नेपालमा थिए।

मंगलबार विमानस्‍थलको भन्सार जाँचपास भएर निस्किएको ब्रेक शुबाट प्रहरीले अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको अनुमान गरेको छ।

यसअघि यसै घटनामा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।

बरामद सुन नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply