साइप्रस पठाइदिन्छु भनेर ठगेको आरोपमा पक्राउ

साझासवाल
1 Min Read

<p><b>साउन १५, काठमाडौँ | </b>साइप्रस पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भएर काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने राजन गिरी छन् ।</p><p>&nbsp;३३ वर्षीय राजन आइतबार पक्राउ परेका हुन् । आरोपितले सौरभ नेपाललाई साइप्रसस्थित प्रतिष्ठित कम्पनीमा एक लाख तलव आउने जागिर मिलाइदिन्छु भनेर दुई लाख रुपैयाँ ठगेको पीडितले बताएका छन् । पीडितसँग पटक पटक गरेर नगद लिएपछि उन सम्पर्कबिहिन भएका थिए ।&nbsp;</p><p>वैदेशिक रोजगार विभागको पत्रको आधारमा गिरीलाई पक्राउ&nbsp; गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।&nbsp;</p><p>लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply