सात महिनामा ४८ लाखले गरे हवाइ यात्रा

साझासवाल
1 Min Read

साउन २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात महिनामा ४८ लाख यात्रुले हवाइ यात्रा गरेका छन्।

विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को जनवरीदेखि जुलाईसम्म ४८ लाख १० हजार ९४७ जनाले हवाइ यात्रा गरेका हुन्।

यसमध्ये २५ लाख १२ हजार जनाले अन्तर्राष्ट्रिय हवाइ यात्रा गरेका छन्। विमानस्थलका अनुसार सात महिनामा ८ हजार ८१३ वटा उडान हुँदा १३ लाख ६८ हजार यात्रु बाहिरिएका छन्। त्यस्तै, ८ हजार ८१२ वटा हुँदा उडान ११ लाख ४४ हजार यात्रु भित्रिएका छन्।

त्यस्तैगरी, सोही अवधिमा आन्तरिकतर्फ २२ लाख ९८ हजार १३७ जनाले यात्रा गरेका छन्।

विमानस्थलका अनुसार २७ हजार ९५ वटा उडानमा ११ लाख ३६ हजार २४४ यात्रु बाहिरिएका छन्। त्यस्तै, २७ हजार ७८ उडानमार्फत् ११ लाख ६१ हजार ८९३ जना यात्रु भित्रिएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply