Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जापान बाहिरिएपछि नयाँ टोलीले विश्वकपको उपाधि उचाल्ने पक्का

२०८०, २६ श्रावण शुक्रबार १०:२३

साउन २६, काठमाडौँ | एसियाली राष्ट्र जापान नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा स्विडेनले जापानलाई २—१ गोलले पराजित गर्‍यो । 

जितसँगै स्विडेन नवौं महिला विश्वकपको सेमिफाइनलमा पुग्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २—१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको थियो । 


खेल सुरु भएको ३२ औं मिनेटमा स्विडेनका लागि अमान्डा लेस्टेडले पहिलो गोल गरेकी थिइन् । सोही गोलका कारण स्विडेन पहिलो हाफमा अगाडि रह्यो । खेलको ५१ औं मिनेटमा फिलिप्पा एन्जलडलले पेनाल्टीमार्फत गोल गर्दै स्विडेनको अग्रता दोब्बर बनाएकी थिइन् । 

यसैगरी ८७ औं मिनेटमा होनोका हायासीले जपानका लागि जवाफी गोल गरेकी थिइन् । तर, होनोकाको उक्त गोलले जापानको पराजयलाई भने टार्न सकेन । प्रतियोगिताको सेमिफाइनलमा स्विडेनले स्पेनको सामना गर्नेछ । 

जापान महिला विश्वकपको पूर्वविजेता राष्ट्र हो । सन् २०११ मा जर्मनीमा आयोजना भएको महिला विश्वकपको छैटौं संस्करणको उपाधि जापानले जितेको थियो । त्यतिबेला जापानले फाइनलमा अमेरिकालाई पेनाल्टी सुटआउटमा ३—१ गोलले हराएको थियो । 

जापान उपाधि होडबाट बाहिरिएपछि अब महिला विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । सेमिफाइनलमा पुगिसकेका स्पेन र स्विडेनले हालसम्म महिला विश्वकप जितेका छैनन् । क्वार्टरफाइनल खेल्न बाँकी रहेका अस्ट्रेलिया, फ्रान्स, इङ्ल्यान्ड र कोलम्बियाले पनि हालसम्म महिला विश्वकपको उपाधि जितेका छैनन् । 

हालसम्म चारवटा राष्ट्रले मात्र महिला विश्वकपको उपाधि चुमेका छन् । अमेरिकाले सर्वाधिक चार पटक उपाधि जितेको छ । यसैगरी जर्मनीले दुई पटक महिला विश्वकपको उपाधि जितेको छ । जापान र नर्वेले एक—एक पटक उपाधि जितेका छन् । 

प्रतियोगिताको अन्य क्वार्टरफाइनल खेलमा शनिबार अस्ट्रेलियाले फ्रान्स र इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछन् । महिला विश्वकप फुटबलको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ