२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्रीलाई विपिनका परिवारको अपिल- हमास समूहको कब्जाबाट मुक्त गर्न पहल होस्

३० आश्विन २०८०, मंगलवार १०:५८

असोज ३०, काठमाडौँ | प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका एक नेपालीको अवस्था अझै अज्ञात रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का विपिन जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् ।

उनका परिवारका सदस्यहरूको विपिनलाई हमास समूहले अपहरण गरेको भन्दै रिहाको पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अपिल गरेका छन् ।

विभिन्न कार्यक्रममा सरिक हुन कैलाली पुगेका प्रधानमन्त्री दाहाललाई विपिनका परिवारले ज्ञापन पत्र बुझाउँदै रिहाको पहल गर्न अपिल गरेका हुन । गौरीगङ्गा नगरको नवनिर्मित भवनको उद्घाटन गर्न चौमाला पुगेका प्रधानमन्त्रीलाई परिवारका सदस्यहरूले ज्ञापन पत्र दिएका थिए ।


ज्ञापन पत्रमा विपिनलाई हमास समूहले ३्४ जना थाई नागरिकसँगै अपहरण गरेको भन्ने बुझिएकोले उनको रिहाइको लागि पहल गर्न अपिल गरिएको छ । विपिनमा बुबा महानन्द जोशी, आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्डले बुझेका थिए ।

ज्ञापन पत्र बुझ्नु अघि नै प्रचण्डले विपिनको बिषयमा सरकार गम्भीर रहेको र खोजी कार्य तीव्र पारेको बताएका थिए ।

‘वरिपरिका सबै देशहरू र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।’

गत शनिबार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । हमासले पहिलो पटक आक्रमण गर्दा विपिनले नै ग्रिनेड फिर्ता पठाएका थिए । त्यसपछि दोस्रो पटकको आक्रमणमा परी नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या