2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रिलिजअघि नै विजय थलपतिको लियोले कमायो सय करोड भारु

असोज ३०, काठमाडौँ | भारतीय सिनेमामा सय करोड क्लबलाई सफलताको मापदन्ड मानिँदै आएको छ । यो क्लबमा पुग्ने फिल्मलाई हिट मानिन्छ । ठूलो बजेट छ भने सय करोड भारुको कमाईलाई कम्तीमा पनि हिट हुने लक्षणका रुपमा हेरिन्छ ।

प्रदर्शनको एक दुई दिनमा यति कमाई गर्ने फिल्ममा आरआरआर र जवान आदि फिल्म छन् । रिलिज हुनु अघि नै सय करोड भारुभन्दा धेरै कमाइ गरेर अहिले एउटा फिल्म सबैको मुखमा झुन्डिरहेको छ ।

तर यो फिल्म बलिउडको होइन, दक्षिण भारतीय हो । थलपति विजयको अपकमिङ फिल्म लियोले रिलिज हुनु भन्दा दुई दिन अघि एड्भान्स बूकिङमा सय करोड भारुभन्दा धेरैको टिकट कमाएको छ । भारतीय बजारमा मात्रै सोमबारसम्म ४० करोड भारु बराबरको टिकट विक्री भएको छ । दुनियाँभरमा भने लगभग ९० करोड भारुको टिकट बेचिएको छ ।

मंगलबार बिहानसम्म विक्री सय करोड भारु नाघेको बताइएको छ । एड्भान्स बूकिङ शुरु भएको पहिलो दिनमै फिल्मले भारतमा २५ करोड र दुनियाभरमा ६० करोड भारु कमाएको थियो । फिल्मले बुधबार रातसम्ममा सलमान खानको पठान र शाखरुख खानको जवानको एड्भान्स बूकिङको रेकर्ड तोड्ने भविष्यवाणी ट्रेड ट्र्याकर सेकनिलकले गरेको छ । लियो अक्टोबर १९ मा रिलिज हुँदैछ । यस फिल्ममा सञ्जय दत्त, तृषा कृष्णन, अर्जुन सरजा आदिको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो