१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंमा १२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्धविरुद्ध मुद्दा दर्ता

२४ कार्तिक २०८०, शुक्रबार ०६:२८

कार्तिक २४, काठमाडौँ | काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित मिलन चोकमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीघाट नै बस्ने ६० वर्षीय तारानाथ दुलाल रहेका प्रहरीले जनाएको छ। 

नाबालिकालाई बलात्कार गरेको कसुरमा पक्राउ परेका दुलालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। गत असोज १९ गते साँझ दुलालले १२ वर्षीया बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।


असोज १९ गते साथीहरुसँग खेल्न भनेर १२ वर्षीया बालिका घरबाट बाहिर निस्केकी थिइन्। त्यही बेला दुलालले कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ। 

असोज २६ गते स्कूलबाट कोठामा फर्कने क्रममा पुनः ६० वर्षीय दुलालले आफ्नो कोठामा लगेर बलात्कार गरेको बताइएको छ। पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ, ‘असोज २६ गते स्कूलबाट कोठा फर्किने क्रममा साथीहरुसँग खेल्दै आएका २ जना साथीहरुलाई पर पठाइ दिनको साढे १२ बजे मेरो छोरीलाई तानी कोठाभित्र लगेर पुनः ढोका लगाइ छोरीको कपडा खोली, एक हातले मुख थुनेर बलात्कार गर्दै कसैलाई भनिस् भने ठिक पार्छु भनि डर त्रास देखाई बलात्कार गरेको पाइएकाले कारबाही गरी पाउँ।’

२ पटकसम्म दुलालबाट बलात्कार भएपछि पीडित बालिकाले रुँदै आमालाई उक्त कुरा बताएकी थिइन्। त्यसपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए। 

आरोपित दुलालले पनि घटनाबारे बयान दिँदै बलात्कार गरेको स्वीकार गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। ‘आफ्ना नाति–नातिनाहरुसँग खेल्न पीडित भनिएकी १२ वर्षीया बालिका आएको उक्त दिन (असोज १९ गते) घरमा श्राद्ध थियो। उनी म बसेको कोठामा पनि आउने जाने गर्थिन्। सोही बेला मैल उनको संवेदनशील अंगमा समाती तान्न खोज्दा इन्कार गरेकाले छाडिएको हुँ,’ अभियोगपत्रमा उल्लेख दुलालको बयानमा भनिएको छ। 

अर्को दिन असोज २६ गते पीडित बालिकालाई बलात्कार गरेको दुलालले स्वीकार गरेका छन्। ‘असोज २६ गते दिउँसो साढे १२ बजेतिर उनी मेरो घर आएकी थिइन्। घरमा कोही थिएनन्। त्यसैको मौका पारी मैले उनलाई बलात्कार गरेको हुँ,’ दुलालले बयानमा भनेका छन्। 

बलात्कार आरोपमा पक्राउ परेका दुलालविरुद्ध १२ वर्षीया बालिकालाई बलात्कार गरेकाले २० वर्ष कैद माग दाबी गर्दै मुद्दा चलाइएको छ। मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसमार १० वर्षभन्दा माथि र १४ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेमा १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार