2026-07-24 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्युत् प्राधिकरणमा जागिरको अवसर, विभिन्न पदमा ४०० बढी कर्मचारी माग

कार्तिक २४, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा गरी ४०० भन्दा बढी कर्मचारी माग गरेको छ। खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले कर्मचारी माग गरेको हो। 

प्रधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म ४०० बढी कर्मचारी माग गरेको छ। प्राधिकरणले सबैभन्दा माथिल्लो पद दशौं तहको सहनिर्देशकदेखि तेस्रो तह सम्मका प्रशासन र प्राविधिक तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। 

प्राधिकरणले दशौं तहमा प्रशासन सेवाको लेखा समूहतर्फ १ जना सहनिर्देशक र प्राविधिकतर्फ सिभिल समूहका १ जना प्रबन्धक माग गरेको छ। 

प्राधिकरणले उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर तथा सहायक स्तरका विभिन्न प्रशासनिक र प्राविधिक पदहरूमा दरखास्त माग गरेको छ। 

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले माग गरेअनुसारको पदमा भर्ना हुन इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४  गतेसम्म दरखास्त दिइसक्नु पर्नेछ।

दरखास्त आह्वानका लागि पदअनुसार फरक–फरक शुल्क तोकिएको छ। इच्छुक व्यक्तिले प्राधिकरणको बेवसाइटबाट अनलाइन आवेदन समेत दिन सक्नेछन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक