२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपालको प्लेइङ ११ मा तीन परिवर्तन

२०८०, १० माघ बुधबार ०८:०६

माघ १०, काठमाडौँ | नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय लिँदै प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पछिल्लो खेलमा न्युजिल्यान्डबाट नेपालले तीन परिवर्तन गरेको छ । स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् ।


त्यस्तै आजको खेलमा दुवै दिपक बोहरा टोलीमा छैनन् । नेपालले दुई दीपक बोहराको स्थानमा विपिन रावल र दीपक डुम्रेलाई मौका दिएको छ । विपिन बायाँ हाते ओपनर खेलाडी हुन् । डुम्रेले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । विपिनलाई खेलाउन दायाँबायाँ हाते सन्तुलन पनि हुनसक्छ । यो सँगै नेपालको तीव्र गतिका बलरमा गुलशन झा, दुर्गेश गुप्ता र आकाश चन्द छन् ।

नेपालले ब्याटिङलाई बलियो बनाउन दुई युवा ब्याटरलाई खेलाएको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ ।

नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारे पनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना