कात्तिक ३, काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालय र भू तथा जलाधार संरक्षण विभागमा आकस्मिक भूक्षय नियन्त्रण र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि रु एक अर्ब २९ करोड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालय र भू तथा जलाधार संरक्षण विभागमा आकस्मिक भूक्षय नियन्त्रण र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि रु एक अर्ब २९ करोड"/>
२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूक्षय नियन्त्रण र पहिरो व्यवस्थापनका लागि रकम माग

२०७३, ३ कार्तिक बुधबार ०६:५३

कात्तिक ३, काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालय र भू तथा जलाधार संरक्षण विभागमा आकस्मिक भूक्षय नियन्त्रण र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि रु एक अर्ब २९ करोड ७२ लाख बराबर रकम माग भएको छ । 

जेठ महिनादेखि असोज महिनासम्म परेको निरन्तर वर्षाका कारण देशभरका विभिन्न भागमा गएको बाढीपहिरो र भूक्षयका कारण विभिन्न जिल्लाका सांसद तथा जिल्ला कार्यालयले उक्त रकम माग गरेका हुन् । मन्त्रालयले हरेक वर्ष बाढीपहिरो र भूक्षय नियन्त्रण गर्न रु दुई अर्ब बराबर रकम छुट्याए पनि उक्त रकमले नपुग्ने भएपछि सो रकम माग गरिएको विभागका प्रवक्ता धिरेन्द्र प्रधानले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपालको मध्यपहाडी जिल्ला पर्वत, स्याङ्जा, लमजुङ, सिन्धुपाल्चोक, तनहुँ, खोटाङ, बझाङ, काभ्रेपलाञ्चोक, कास्की, काठमाडौँ लगायतका जिल्लाबाट बढी मात्रामा रकम माग भएको छ ।” विभागका अनुसार एक वर्षमा मात्र मन्त्रालय र विभागमा मात्र एक सय ८० वटा निवेदन परेका छन् । 

प्रधानले सानातिना बाढीपहिरो र भूक्षयका लागि जिल्लामा निवेदन आउने गरेपनि जिल्लामा गएको रकमले नभ्याउने ठूला बाढीपहिरो र भूक्षय नियन्त्रणका लागि मन्त्रालय र विभागमा उक्त परिमाणको निवेदन आएको बताउनुभयो । 

उहाँले सडक पाखो संरक्षण, तटबन्ध निर्माण, पोखरी संरक्षण, पहिरो नियन्त्रण, कटान नियन्त्रण, खोला किनारा संरक्षण, सिमसार संरक्षण, वृक्षारोपण लगायतका शीर्षकमा धेरै निवेदन दर्ता भएको बताउनुभयो । नेपालमा कमजोर भौगोलिक बनावट, धेरै वन अतिक्रमण र प्रारम्भिक वातावरणीय अध्ययन नगरी संरचना निर्माण गर्दा धेरै बाढीपहिरो र भूक्षय हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर