2026-09-20 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू–१९ विश्वकप : नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने

माघ १०, काठमाडौँ | आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर नेपालले ब्याटिङ रोजेको हो।

विश्वकपमा दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १:४५ बजे सुरु हुँदैछ। यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो।

पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो। पाकिस्तान नेपालविरुद्ध पनि जित निकालेर समूहको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ। नेपाल बलियो टोली पाकिस्तानलाई हराएर विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

नेपालले पाकिस्तानपछि लिगको अन्तिम खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ। यू–१९ विश्वकपमा यसपटक टोलीलाई ग्रुप ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहमा विभाजन गरिएको छ। 

हरेक समूहमा ४–४ टोली रहेकोमा समूहको शीर्ष ३ टोली सुपर ६ मा पुग्नेछन्। त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन्।

सुपर सिक्सको २ समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो