१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगुवाासी गाईपालनमा आकर्षित, दूध बेचेरै मासिक ६० हजार रुपैयाँसम्म आम्दानी

८ फाल्गुन २०८०, मंगलवार ०८:५५

फागुन ८, मुगु | हरियो टिनको छानाले छाएको टहरा । अलि भिरालो जग्गा । बाहिर काठबाट निर्माण भएका अनि बार लगाएको गाईको गोठ । त्यहि गोठमा एक दर्जनभन्दा बढी गाईहरु छन् । सदरमुकाम गमगढी बजारबाट अलि तल पुगेपछि गाईको आवाज वरपर गर्दा कानमा गुन्जिरहन्छ । दूर्गम हिमाली जिल्ला मुगुका एक दम्पतिले गाईपालनबाट सफलताका कथाहरु बुनिरहेका छन् । सानैबाट कृषि क्रान्ति गर्दै आइरहेका मुगुका शाही दम्पति पछिल्लो समय गाईपालनबाट आत्मनिर्भर बन्नुका साथै सम्वृद्धिको यात्रामा हुइँकिरहेका छन् । सामाजिक सञ्जाल युट्युब हेरेर गाईपालनमा होमिएका शाही दम्पति उत्साहपूर्वक व्यावसायिक गाईपालनमा सक्रिय रुपमा लागिपरेका छन् । 

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १ का अदानसिंह शाही । उमेरले ५० वर्ष पुगे । २०७७ सालदेखि गाईपालन सुरु गरेका शाही दम्पति पछिल्लो समय मनग्य आम्दानी गर्दै आइरहेका छन् ।  ५ वटा गाईपालनबाट कृषि पेसाको थालनी गरेका शाही अहिले १३  वटा गाई पालिरहेका छन् । 


फेन्सी पसल गरेका शाही त्यो व्यवसायबाट राम्रो आम्दानी हुने संकेत नदेखिएपछि अहिले गाईपालनमा होमिएका छन् । जम्मा १८ वटा गाईपालनसम्म गरिरहेका उनीसँग अहिले १३ वटा गाई छन् । विगत तीन वर्षदेखि गाईपालनमा होमिएका शाही दम्पतिहरुको हिजोआज दिनचर्या गाई गोरुसँग बितिरहेको छ । 

अहिले उनीहरु गाई पालन व्यवासयबाट सन्तुष्ट छन् । सामाजिक सञ्जाल फेसबुक, युट्युबजस्ता सामग्री हेरेर गाईपालनमा होमिएका शाही दम्पति अहिले सफलताको यात्रामा लम्किरहेका छन् । प्रायः सामाजिक सञ्जालले नागरिकहरुलाई नकारात्मक सन्देश प्रवाह र अफवाह, विकृति मात्र सन्देश फैदाउने गर्दा नराम्रो असर परेको छ, तर त्यहि सञ्जालले शाही दम्पतिको लागि प्रेरणाको श्रोत बन्नुका साथै सफलताको यात्रामा डोहो¥याको छ ।

 एउटा गाईले दैनिक ३ लिटरभन्दा बढी दूध दिने गरेको छ ।  उनीहरुले दैनिक २० लिटर दूध उत्पादन गर्दै आएका छन् । गमगढी बजारमा उनका दैनिक ३० भन्दा बढि नियमित ग्राहक छन् भने अन्य फुटकर पनि ग्राकह बनाएका छन् । बजारमा नियमित ग्राहकलाई ८० रुपैंया र फुटकर ग्राहकलाई प्रतिलिटर एक सयका दरले दूध बिक्री गदै आइरहेका छन् ।  सदरमुकाम गमगढी बजार लगायत आसपासका क्षेत्रहरुमा दूध बिक्री गर्न जाँदा बालबालिकाले पनि पर देख्दा दूध बाजे भनेर सम्बोधन गर्ने गरेका शाहीको भनाई छ । 

दूध बिक्रीबाट मासिक ४० देखि ६० हजारसम्मको कारोबार गर्दै आइरहेका छन् । घर खर्च, छोराछोरी पठनपाठन गाईपालनबाटै सम्हाल्दै आएका छन् । 

शाही दम्पतिले गाईपालन मात्रै होइन । कृषि तरकारी खेती पनि सँगसँगै अगाडि बढाएका छन् । मौसमी तथा बेमौसमीमा उत्पादन हुने तरकारी हरियो सागपात, काउली, धनियाँ, प्याज टमाटर जस्ता तरकारी उत्पादन गरेका छन् । तरकारी खेतीबाट पनि उनीहरु आत्मनिर्भर बन्दै गएको अदानसिंहकी श्रीमती विस्णुमाया शाहीले बताइन् । 

गाईपालन गर्दा धेरै ख्याल गर्नुपर्ने उनीहरु बताउँछन् । गाईलाई एकै समयमा खुवाउने, दुहुने समय पनि एउटै हुनुपर्दो रहेछ । उन्नत जातका गाईमा ’बाँझोपन’ हुने समस्या बढी छ । गाई समयमा बाली नहुँदा कतिपय किसान घाटा बेहोर्न बाध्य छन् । गर्भाधान गराउँदा गाईले ९० प्रतिशत बाच्छी जन्माउने सम्भावना हुन्छ । कृषि क्षेत्रमा धेरै सम्भावना रहको किसानहरु बताउँछन् । तर, राज्यको कृषिप्रतिको नीति स्पष्ट किसानमैत्री नहुनु र विचौलियाको बिगबिगीले र वित्तीय संस्थाहरुले कृषि क्षेत्रमा लगानी गर्न नमान्दा सम्भावना भएको क्षेत्रमा पनि चुनौती धेरै रहेको किसानहरु बताउँछन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ