2026-11-01 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएसजी छाडेर रियल म्याड्रिडमा आबद्ध हुँदै एमबाप्पे

फागुन ८, काठमाडौं | लामो समयको अन्यौललाई चिर्दै फ्रान्सका प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय एमबाप्पे फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर रियल म्याड्रिड जाने पक्का भएको हो ।

एमबाप्पेले रियल म्याड्रिडसँग पाँच वर्षको सम्झौता गरेको दी मिररले जनाएको छ । उनी कति रकममा रियल म्याड्रिडमा आबद्ध भएका हुन् भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन । रियल म्याड्रिड, पीएसजी र एमबाप्पेले भने हालसम्म यस विषयमा केही बताएका छैनन् ।

एमबाप्पेले यसअघि नै पीएसजीलाई आफूले क्लब छाडन चाहेको बताइसकेका थिए । एमबाप्पे सन् २०१८ मा पीएसजीमा आबद्ध भएका थिए । उनले पीएसजीलाई पाँचपटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।

एमबाप्पेले पीएसजीका लागि दुई सय ९० खेल खेल्दै कुल दुई सय ४३ गोल गरेका छन् । पीएसजीसँग एमबाप्पेको सम्झौता जुन ३० तारिखमा सकिँदैछ । रियल म्याड्रिडका अतिरिक्त इङ्लिस क्लब लिभरपुल र आर्सनलले पनि एमबाप्पेलाई भित्राउन चाहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय