२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिड्नीको एक चर्चमा चक्कु प्रहार हुँदा चार जना घाइते, १६ वर्षीय बालक पक्राउ

२०८१, ४ बैशाख मंगलवार ०६:३४

बैशाख ४, काठमाडौँ । अस्ट्रेलियाली प्रहरीले सिड्नीको एक चर्चमा सोमबार भएको चक्कु आक्रमणलाई धर्मको आधारमा प्रेरित ‘आतंकवादी कार्य’ भनेको छ ।

अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्यलाई चक्कुले आक्रमण गरिएको थियो। यस मामिलामा एक १६ वर्षीय बालक पक्राउ परेका छन् । घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । यस घटनामा आक्रमणकारी पनि घाइते भएका छन् ।


सिड्नीको उपनगर वेकेलीमा रहेको यस चर्चमा प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको थियो र आक्रमणको पनि प्रसारण भएको थियो ।

घटनापछि सयौं मानिस चर्च बाहिर जम्मा भएका थिए र प्रहरीसँग झडप भएको थियो । सो क्रममा दुई प्रहरी घाइते भएका छन् भने २० प्रहरी गाडीमा क्षति पुगेको छ । घाइतेको उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीलाई पनि करिब तीन घण्टासम्म जनताले बन्धक बनाएका थिए ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले राष्ट्रिय सुरक्षा एजेन्सीहरूसँग बैठक गरेका छन् र आक्रमणलाई चिन्ताजनक भनेका छन् । उनले भने, ‘हामी शान्तिप्रेमी देश हौँ । यहाँ हिंसा र अतिवादको लागि कुनै ठाउँ छैन ।'

अस्ट्रेलियामा एक साताभित्र चक्कु प्रहारको यो दोस्रो घटना हो । सिड्नी शहरको एक मलमा एक व्यक्तिले चक्कु प्रहार गर्दा छ जनाको ज्यान गएको थियो भने धेरै घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना