2026-07-25 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

कक्षा १२ को परिक्षा सोमबार देखि, सुदुरपरिचमका पहाडी जिल्लामा ५९ परीक्षा केन्द्र

ललित बोहरा | बैशाख १९, डडेल्धुरा | वैशाख २० गते भोलि देखि देशै भर सञ्चालन हुने कक्षा १२ र जेठ २ गते देखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी सुदुरपश्चिमका सात पहाडी जिल्लाहरुमा पुरा भएको उच्च माध्यमिक शिक्षा परिषद डडेल्धुराले जनाएको छ ।

सुदुरपरिचमका ७ पहाडी जिल्लाबाट नियमीत तर्फ कक्षा १२ को परिक्षामा ५ हजार १ सय ६५, आंशिक तर्फ ५ हजार ९ सय ७५ जना परिक्षार्थी सहभागी हुदै छन । यस्तै जेठ २ गतेबाट सञ्चानल हुने कक्षा ११ को परिक्षामा नियमीत तर्फ ९ हजार तिन सय २६ र आशिक तर्फ चार हजार दुई सय ८६ जना सहभागी हुने उच्च माध्यमिक शिक्षा परिषद् डडेल्धुराले आईतबार पत्रकार सम्मेल मार्फत जनाएको छ । सुदुरपरिचमका पहाडी सात जिल्लामा ५९ परिक्षा केन्द्र तोकिएका छन । ५९ परिक्षा केन्द्र अन्तर्गत डडेल्धुरामा ५, बैतडीमा १२, दार्चुलामा १०, डोटीमा ८, बझाङमा ९ अछाममा ११ र बाजुरामा ४ परिक्षा केन्द्र तोकिएको उच्च शिक्षा परिषद् डडेल्धुराले जनाएको छ ।

सात पहाडी जिल्लाको परीक्षाका लागि ५९ केन्द्राध्यक्ष, ६२ सहायक केन्द्राध्यक्ष, २ सय ८३ निरिक्षक, ६७ कर्मचारी र ७ सय ८ सुरक्षाकर्मी गरी जम्मा १३ सय ६ जना परिक्षा केन्द्रमा परिचालित हुने छन् । केन्द्रीय परिषद्का उपाध्यक्ष डा चैतन्य शर्माका अनुसार ३१ वटा अनुगमन टोली बनाएर परीक्षाको अवलोकन गरिने छ । यस वर्ष परीक्षा सँगै अन्य उच्च माध्यमिक विद्यालयको अवस्थाको पनि अवलोकन गरिने उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक