२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सिप मेला’ का लागि महानगरले, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघसँग सहकार्य गर्ने

२०८१, ४ बैशाख मंगलवार ०७:३९

बैशाख ४,  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सिप मेला’ (छोटो अवधिको व्यवसायिक सिप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य गर्ने भएको छ ।

तालिम सञ्चालन र व्यवस्थापनमा महासंघले काम गर्ने गरी सामाजिक विकास विभाग र महासंघ बिच सम्झौता भएको हो । सम्झौतामा विभागका निमित्त प्रमुख बिमला कोइराला र महासंघका वरिष्ठ उपाध्यक्ष प्रमोदकुमार वानियाँले हस्ताक्षर गरेका छन् । बैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सिप मेला’ बाट १० क्षेत्रका ३६ पेशा सम्बन्धी २०८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ । 


महासंघका बागमती प्रदेशका सचिव राजन लोहनीकाअनुसार देशभरिका ४५० वटा र वागमती प्रदेशमा १५० वटा तालिम प्रदायक संघसंस्था महासंघमा आवद्ध छन् । 

महानगरपालिकाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत "सिप" मेला हुन लागेको हो । 

सम्झौताबमोजिम तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासंघको हुनेछ । महानगरपालिकाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज महानगरपालिकालाई बुझाउनु पर्नेछ ।  यो सम्झौता ज्येष्ठ मसान्तसम्मका लागि हो । 

तालिमका क्षेत्र र पेशा

तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । रोजगार संयोजक देवेन्द्र के. सी. का अनुसार यी क्षेत्रभित्र ३६ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरपालिकाको योजना छ । 

अहिले तर्जुमा गरिएका तालिमका क्षेत्रहरुमध्ये हलुका सवारी साधन एउटा हो । यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारी साधनमा मोटरवाइक र स्कुटर रिपेयर, इलेक्ट्रिकल कार रिपेयर तालिम हुनेछन् । 

दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । यस्तै प्लम्बिङ्मा वाटर प्युरिफिकेसन टेक्निसियन, सोलार फिटिङ् टेक्निसियन, बोरिङ् वाटर टेक्निसियन, अल्मुनियम फेब्रिकेटर, वेल्डिङ् तालिम समावेश छन् ।   

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, वेकरी र वार टेन्डिङ्को प्रशिक्षण हुनेछ । सूचना प्रविधि चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा जडान तथा मर्मत, मोवाइल रिपेयरिङ्को तालिम हुनेछ । 

मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् । 

सातौँ क्षेत्र टेलरिङ् हो । यसमा गार्मेन्ट फेब्रिकेटर र फेसन डिजाइनिङ्कको कक्षा हुनेछ ।

आठौँ क्षेत्र व्युटिसियन हो । यसमा नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल, माइक्रो व्लान्डिङ् प्रशिक्षण हुनेछ । नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो । यसमा प्लटिङ एण्ड लेजर कटिङ्, साइन मेकिङ्, स्क्रिन प्रिन्टिङ्को प्रशिक्षण हुनेछ । 

दशौँ विधा ग्रीन सोलुसन हो । यसमा रिकाइकल फ्लेक्स इनटु स्कूल व्याग टे«निङ्, क्यान्भास व्याग्स, पोउच मेकिङ्, प्लाष्टिक रिसाइक्लिङ् लगायतका तालिम हुनेछन् ।

तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो