२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३८ क्विन्टल तस्करी प्रकरणः ‘गोरे’ग्याङका नाइकेलाई दुबईबाट नेपाल ल्याइयो

२०७५, २९ आश्विन सोमबार ०६:२९

असोज २९, काठमाडौं | ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणमा दुबईमा पक्राउ परेका बेनु श्रेष्ठलाई नेपाल ल्याइएको छ।

अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस् (युएई) प्रहरीले गत साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो। उनलाई अहिले महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

उनलाई लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली सोमबार काठमाडौं आउँदै छ। 

काठमाडौंको न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए । बेनुको पसलमा काम गर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोग गर्न गोरेको जिम्मा लगाएको अनुसन्धानबाट खुलेको थियो । श्रेष्ठमाथि गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए। 

दुबईमै पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा