१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोंगबुको होटलमा शरीरभरि घाउचोट लागेको अवस्थामा महिला मृत फेला, एक युवक पक्राउ

२४ बैशाख २०८१, सोमबार ०७:३३

बैशाख २४, काठमाडौँ । गोंगबु मित्रनगरको स्टार जोन होटलमा एक महिला मृत भेटिएकी छन्।

मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भएकी ३१ वर्षीया कल्पना भण्डारी सुवेदी हुन् । शुक्रबार राति कल्पना र चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने अञ्दाजी ३२ वर्षका अनित कार्की बास बस्न स्टार जोन होटलमा पुगेका थिए। कल्पनाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा थिए । उनी सानी छोरीलाई लिएर काठमाडौंको बाँसबारीमा बस्दै आएकी थिइन् ।


होटलका स्टाफले दिएको जानकारी अनुसार राति नै युवतीले आत्महत्या गरेको भन्दै अनित कार्कीले होटलवालालाई खबर गरेका थिए । होटलवाला र युवकले प्रहरीलाई फोन गरेको र तत्काल प्रहरीसमेतले त्रिवि शिक्षण अस्पतालमा पुर्‍याउँदा डाक्टरले राति ११:३५ बजे कल्पनालाई मृत घोषित गरेको थियो।

कोठाभित्रै विवाद भएपछि युवती कम्मरमा तन्ना बेरेर बाथरुममा छिरेको र लामो समयसम्म बोलाउँदा पनि नबोलेपछि होटल सञ्चालकलाई फोन गरेर बोलाएको कार्कीले प्रहरीलाई बताएका छन् । होटल सञ्चालक आएपछि बाथरुमको ढोका बलपूर्वक घँचेटी फोडेर हेर्दा घाँटीमा तन्नाको पासो लगाई भुइँमा लडेको अवस्थामा भेटिएको र कपडा झुण्ड्याउने हुकसमेत भुईमा झरेको पाइएको युवकले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

कल्पनाको मृत्युको घटना रहस्यमय देखिएको छ । कल्पनाको शरीरभरि नीलडाम र घाउचोट लागेको देखिएको छ । तर, मृत्यु के कारणले भएको हो भन्ने वास्तविक कारणचाहिँ पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीको भनाइ छ ।

महाराजगञ्ज प्रहरी वृत्तमा परेको जाहेरीअनुसार विवाहित युवतीलाई होटलमा बोलाएर कोठामा राख्ने कार्कीलाई महाराजगञ्ज प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले अहिले आत्महत्या दुरुत्साहनमा मात्र मुद्दा चलाउन लागेको भए पनि कल्पनालाई प्रतिवादी वा अरु कसैले कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएमा छुट्टै किटानी जाहेरी लिने ढोका भने प्रहरीले खुल्लै राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट