२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोंगबुको होटलमा शरीरभरि घाउचोट लागेको अवस्थामा महिला मृत फेला, एक युवक पक्राउ

२०८१, २४ बैशाख सोमबार ०७:३३

बैशाख २४, काठमाडौँ । गोंगबु मित्रनगरको स्टार जोन होटलमा एक महिला मृत भेटिएकी छन्।

मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भएकी ३१ वर्षीया कल्पना भण्डारी सुवेदी हुन् । शुक्रबार राति कल्पना र चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने अञ्दाजी ३२ वर्षका अनित कार्की बास बस्न स्टार जोन होटलमा पुगेका थिए। कल्पनाका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा थिए । उनी सानी छोरीलाई लिएर काठमाडौंको बाँसबारीमा बस्दै आएकी थिइन् ।


होटलका स्टाफले दिएको जानकारी अनुसार राति नै युवतीले आत्महत्या गरेको भन्दै अनित कार्कीले होटलवालालाई खबर गरेका थिए । होटलवाला र युवकले प्रहरीलाई फोन गरेको र तत्काल प्रहरीसमेतले त्रिवि शिक्षण अस्पतालमा पुर्‍याउँदा डाक्टरले राति ११:३५ बजे कल्पनालाई मृत घोषित गरेको थियो।

कोठाभित्रै विवाद भएपछि युवती कम्मरमा तन्ना बेरेर बाथरुममा छिरेको र लामो समयसम्म बोलाउँदा पनि नबोलेपछि होटल सञ्चालकलाई फोन गरेर बोलाएको कार्कीले प्रहरीलाई बताएका छन् । होटल सञ्चालक आएपछि बाथरुमको ढोका बलपूर्वक घँचेटी फोडेर हेर्दा घाँटीमा तन्नाको पासो लगाई भुइँमा लडेको अवस्थामा भेटिएको र कपडा झुण्ड्याउने हुकसमेत भुईमा झरेको पाइएको युवकले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

कल्पनाको मृत्युको घटना रहस्यमय देखिएको छ । कल्पनाको शरीरभरि नीलडाम र घाउचोट लागेको देखिएको छ । तर, मृत्यु के कारणले भएको हो भन्ने वास्तविक कारणचाहिँ पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीको भनाइ छ ।

महाराजगञ्ज प्रहरी वृत्तमा परेको जाहेरीअनुसार विवाहित युवतीलाई होटलमा बोलाएर कोठामा राख्ने कार्कीलाई महाराजगञ्ज प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले अहिले आत्महत्या दुरुत्साहनमा मात्र मुद्दा चलाउन लागेको भए पनि कल्पनालाई प्रतिवादी वा अरु कसैले कर्तव्य गरी मारेको अनुसन्धानबाट खुल्न आएमा छुट्टै किटानी जाहेरी लिने ढोका भने प्रहरीले खुल्लै राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह