१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

३१ बैशाख २०८१, सोमबार ०७:०२

बैशाख ३१, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । 

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।


उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउदै प्रवक्ता महतले त्यो विषयले आफुहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् । उनले भने- ' यो विषयमा कांग्रेसले सम्झौता गर्दैन । यो विषय अब कांग्रेसको मात्र रहेन । यो आम जनताको विषय हो । कांग्रेसले त यो विषय उठाएको मात्र हो ।'

नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट