Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पानीमा विषादी प्रयोग जस्तो डर लाग्दो घटना किन ? छानविनमा ढिलाई ?

By साझासवाल 5 मिनेट पढाइ

प्रेम सुनार,जेठ२१,गुल्मी।  एउटा सिंगो परिवारको वंश नास नै गर्ने नियत जस्तो गरी पानीमा विषादी मिसाईको घटना यस गुल्मीमा घटेको यतिका दिन विती सक्दा पनि सम्वन्धित निकाय सामन्य जस्तै ठानेर वसी रहेको गुनासो सर्वत्र उठेको छ ।जेठ १२ गतेका दिन ईस्मा गाउँपालिका वडा नम्वर–१, अरपुरको वुल्म गाउँका पुर्णबहादुर मुखियाको  पिउने पानीको धारामा जाने पाईपमा अज्ञात ब्यक्ति वा समुहले विषादी मिसाएको  विरुद्ध मुखिया परिवारले उसै दिन नजिकै रहेको लामडाँडा प्रहरी चौकीमा उजुरी दिएका थिए ।

पाँच परिवारले  पिउने पानीको पाईप मध्ये मुखिायको घरमा जाने पाईपमा मात्र विषादी प्रयोग गरिएको उनको माछा पोखरीमा मरेका माछाहरुले पुष्टी गर्दछ । धन्न त्यो परिवारले तत्काल खसेको पानीको पाईपबाट पिउने पानी गाग्रीमा थाप्नुको साटो संयोगवास माछा पोखरीमा पुराएर माछा मात्रै मरे ।

यदि त्यो पाईपबाट खानेपानी थापेको भए उनिहरुको सिंगो परिवारकै ज्यान जाने बताउँ छन् स्थानियवासीहरु । मान्छे मरे मात्र ठुलो घटना बन्ने, अनुसन्धानको लामो प्रकृया चल्ने तर  सम्भावित त्यस्तै दुर्घनाबाट बचेको घटनालाई नजिकबाट नियालिएन भने भोली त्यस्तै गिरोहबाट  थुप्र्रैको ज्यान जान सक्ने भएकोले प्रहरीले त्यस घटनाको गम्भीर भएर छानविन अनुसन्धान गर्नु पर्ने धेरैको जोड छ ।

नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले यस घटनालाई अहिले सम्म सम्वन्धित निकायले गम्भीर भएर नहेरेको भन्दै गुनासो गरे । उनले भने–‘ पानीको त्यो विाषदीले मुखियाका माछा मात्रै मरे , यति त्यो पानी गाग्रीमा थापेर पिउँदा मरेको भयो यो घटनाले कति ठुलो रुप लिने थियो ?  यति यस्तै कृयाक्लाव बढ्ने हो भने  अरु धेरैको ज्यान खतरामा हुने छ  , यसप्रति सम्वन्धित निकाय गम्भीर बनेर छानविन गरोस ।

यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कोशल राज शर्माको ध्यानकृष्ट गराउँदा उनले अनुसन्धानको पाटो प्रहरीको भएकोले आफुले जिल्ला प्रहरी प्रमुखलाई भनि सकेको बताए । प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदी संग सम्पर्क राख्दा उनले ६ पटक सम्म प्रहरीलाई घटनाका वारे बुझ्न पठाएको बताए । उनले मुखिया परिवारलाई भोली बोलाएको र थप अनुसन्धान गरिने जानरी दिए । यो डरलाग्दो घटनाबाट अमरपुरवासी त्रसित बन्दै आएका छन् ।

तस्वीरः मुखियाको  पोखरेीमा मरेका माछाहरु