२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागे निकोलास भुसालले

२०८१, २ जेष्ठ बुधबार ०९:३६

जेठ २, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका डा. अभियन्ता निकोलास भुसालले गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागेकाछन् ।

सन्दीप लामिछानेको समर्थनमा सडकमा संघर्ष गरिरहेका भुसाललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । हिरासतबाट निस्किएर उनले गृहमन्त्री लामिछानेलाई तथानाम गाली गरेका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता च्यात्ने समेत बताएका थिए ।

उनै भुसाल आज रविलाई भेट्न गृह मन्त्रालय पुगे । मन्त्रालयको मूल ढोकामै रविसँग उनको भेट भएको थियो ।

रवि आउनासाथ हात मिलाएर उनले भने, ‘सरी दाइ, आवेशमा आएर बढी बोलेँ ।’

रविले किन सरी ? के भयो र ? भनी सोधे ।

निकोलसले भने, ‘आफ्नो दाइ हुँदा हुँदै हिरासतमा परियो । त्यसमा अलिकति दुख लाग्या छ ।’

रविले भने, ‘प्रहरीले आफ्नो काम गर्छ । मैले देशैभरिका प्रहरीलाई यो गर यो नगर भन्न मिल्दैन । नचाहिने चिज नगर्नुस् मात्र मैले भन्ने हो । केही छैन । अन्यायका विरुद्ध बोल्नुस् । आवेग उत्तेजना नदेखाउनुस् है ।’

रविलाई भेटेपछि निकोलसले पत्रकारसँग कुरा गर्दै रविलाई ‘युवाहरूका आशा र भरोसा’ भन्दै प्रशंसा समेत गरे ।

‘कहिलेकाहीँ आफ्नै दाजुभाइमा पनि झगडा हुन्छ । मैले चाहिनेभन्दा धेरै कुरा भनेछु । सन्दीप लामिछानेले पनि न्याय नपाउँदा फ्रस्टेसन थियो । अझ हामीलाई नै हिरासतमा राख्दा गृह मन्त्रालयकै साजिस त होइन भन्ने लागेको थियो । तर, त्यस्तो होइन रहेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह