पढ्न करिब 2 मिनेट लाग्छ

राम नारायण पंडित/फाल्गुन २०, सिरहा | ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले कलेजका प्रमुख संजय साहको पुतला दहन गरेका छन् ।

नियमित रुपमा पठनपाठनको माँग गर्दै गत माघ २४ गतेदेखि विद्यार्थीहरुले गरेको तालाबन्दीलाई कलेज प्रमुख साहले बेबास्ता गरेपछि आक्रोशित विद्यर्थीहरुले आज (आइतबार) कलेज प्रमुख साहको पुत्ला दहन गरेको बिद्यार्थी लक्ष्मेश्बर कापरले बताए । कलेज परिसरबाट नाराजुलुस र पुत्ला सहित निस्किएका बिद्यार्थीहरुले नगरपरिक्रमा गर्दै मिर्चैयाको २ स्थानमा पुत्ला दहन गरेका छन् । कलेज प्रशासनलाई दबाब दिने उदेश्यले नगरपालिका कार्यालयको अगाडी र ईलाका प्रहरी कार्यालयका मिर्चैैयाको अगाडी पुर्ब पश्चिम राजमार्गको थाना चौकमा पुत्ला दहन गरेको बिद्यार्थी कापरीले बताए । उक्त क्रममा बिद्यार्थीहरुले कलेज बिरुद्ध जोडदार नाराबाजी गरेका थिए ।

लामो समायदेखि नियमित रुपमा पठनपाठन संचालन नभएको भन्दै पटक–पटक कलेज प्रशासनलाई जानकारी गराएपनि कुनै सुनुवाई नगरेकोले कलेज प्रमुख साहको पुत्ला दहन गरेको विद्यार्थीहरुले दाबी गरेका छन् । कलेज प्रमुख साहले एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भबिष्यमाथी खेलबाड गरिरहेको उनीहरुको आरोप छ ।

कलेजले माँग पुरा नगरेसम्म तालाबन्दी जारी रहने बिद्यार्थीहरुले चेताबनी दिएका हुन् । प्रमुख साहको लापरवाहीको कारणले कलेजको अबस्था दिनानुदिन खस्किदै गएको भन्दै बिद्यार्थीहरुले पटकपटक तालाबन्दी गर्दै आइरहेका छन् ।

यसअघि, कलेज प्रशासन, बिद्यार्थी, अभिभाबक, जनप्रतिनिधिबिच छलफल भएपनि कुनै निकास ननिस्किएकोले करीब १ महिनादेखि कलेजमा तालाबन्दी यथाबत रहेकोले कलेजमा अध्यनरत करीब ४ सय बिद्यार्थीको भबिष्य अन्धकारमा धकेलिएको छ ।

पुत्ला दहन कसैले गराएको हो: प्रमुख साह

कलेज प्रमुख साहले बिद्यार्थीहरुलाई कसैले पुत्ला दहन गर्न लगाएको प्रतिक्रया दिएका हुन् । प्रमुख साहले बिद्यार्थीहरुले कसैको ईशारामा पुत्ला दहन गरेको दाबी गरे । सबिद्यार्थीहलरुले पठनपाठनको लागि तालाबन्दी गरेको माँग जायज रहेको समेत प्रमुख साहले बताए । बिद्यार्थीहरुलाई तालाखोली पढ्नु पर्ने समेत उनले बत्राए ।

उनले भने “मैले सहायक तथा निमित कलेज प्रमुख शम्भु प्रसाद साहलाई बिद्यार्थीहरुको माँग सम्बोधन गर्न पठाएपनि बिद्यार्थीहरुले दुरब्यबहार गरेकोले त्यस्तो कार्यलाई घोर भत्र्सना गर्दछु ।” बि.स. २०६५ सालदेखि कलेजमा कुनै किसिमको बिबाद नरहेपनि जनप्रतिनिधि आएपछि बिबाद आउनु शंकास्पद रहेको उनले दाबी गरे ।