२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रदीप पौडेलको प्रश्न- ५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भएको हो ?

२०८१, १४ असार शुक्रबार ०९:३८

असार १४, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसइई नतिजामा देखिएको बताएका हुन् । 

उनले भने- 'पास फेल प्रणाली अन्त्य गरेर सबैलाई ग्रेडिङ सिस्टमभित्र पास फेल गर्ने प्रणाली सुरू गरियो । केही वर्ष अभ्यास गरे पनि शिक्षाको गुणस्तर कायम गर्न सकेन । यो वर्षदेखि ग्रेडिङ नन् ग्रेडिङ भनेर हामीले बुझ्ने भाषामा पास फेल प्रणाली विकास गरियो । यो प्रणालीमा ५२ प्रतिशत विद्यार्थी ग्रेडिङ भित्र परेनन् ।  ५२ प्रतिशत विद्यार्थी फेल भए यी विद्यार्थी फेल भएको कि सरकार फेल भएको हो ?'


उनले सरकालाई दुई लाख ८२ हजार ३१३ विद्यार्थीलाई अयोग्य घोषण गर्ने सरकारलाई अधिकार नभएको जिकिर गरे । 

उनले भने- 'तिमी अयोग्य हौ, पढेर खान सक्दैनौ, योभन्दा अघि उच्च शिक्षा हासिल गर्ने तिम्रो हैसियत छैन भनेर घोषण गर्न मिल्छ ? अयोग्य घोषणा गर्न सरकारले सक्छ ?'

सांसद पौडेलले १० वर्षसम्म एउटा विषय पठाउँदा ३५ नम्बर ल्याउन नसक्ने कस्तो शिक्षा प्रणाली विकास गरिएछ भन्ने प्रश्न उठाए । उनले भने- '१० वर्ष पढाएर एउटा विषयमा ३५ नम्बर ल्याउन नसक्ने स्थिति कसरी आयो ? गणित ३८, ३१ प्रतिशत अंग्रेजी र ३० प्रतिशत विज्ञान विषयमा अनुत्तीर्ण छन् । १० वर्ष पढाएर ३५ नम्बर ल्याउन नसक्नेले कसरी गुणस्तरीय हुन्छ ? अयोग्य उत्पादन राज्यले गर्न मिल्छ ?' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ