२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेत गाडी दुर्घटनामा चारको मृत्यु, एक गम्भीर घाइते

८ माघ २०७९, आईतवार ०३:३३

माघ ८, कर्णाली | वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित  रत्न राजमार्गमा  सवारी साधन  दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र०१०२६च ९२१३ नंको उक्त गाडी आज बिहान २ः३० बजे अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो । उक्त घटनामा परी भैरवी गाउँपालिका–५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको र उनको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता शनिबार हुँदै जाडो छल्न आए आगन्तुक चरा चितवनमा नारायणगढ–बुटवल सडकको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री ओलीको चासो रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज पनि प्रदर्शन जारी रूपन्देहीमा रवि लामिछानेको तेस्रो दिनको लिखित बयान सुरू १४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार ‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’ कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता