१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर

१४ असार २०८१, शुक्रबार १०:१२

असार १४, काठमाडौँ ।  सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।


उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो  । सिधा कुराले गत महिना अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो।

सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सोको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकामा सर्वोच्चले तत्काल भिडियो हटाउन आदेश दिएको छ भने यसको फैसला वृतत्तपूर्ण इजलासले गर्ने आदेश दिएको छ । हाल यो विषयको मुद्धा सर्वोच्चमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल