2026-09-19 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा हुने सुदूरपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्दो छनौट प्रतियोगिताको तयारी पुरा ,,, छनौट प्रतिय

ललित बोहरा/२५ मंसिर डडेल्धुरा  ।  डडेल्धुरामा आइतबार हुन लागेको तेक्वान्दो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पूर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुरामा हुने क्षेत्रिय छनौट तेक्वान्दो प्रतियोगिताको आवश्यक तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिती डडेल्धुराले जनाएको छ । खेलाडी छनौट प्रतियोगिता डडेल्धुराको टुँडीखेलको कबडहलमा मंसिर २८ गते सम्म सञ्चालन हुने जिल्ला खेलकुद बिकास समिति डडेल्धुराका कार्यालय प्रमुख डम्बर बहादुर भण्डारीले बताए । 

सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिती कैलालीको आयोजनामा हुन लागेको तेक्वान्दो प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट करिब डेढ सय खेलाडिहरुको सहभागिता रहने कार्यालय प्रमुख भण्डारीले जानकारी दिएका छन । प्रतियोगितामा एक जिल्लाबाट महिला र पुरुष गरि करिब १६ जना खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन । बिभिन्न जिल्लाका खेलाडीहरु डडेल्धुरा पुगिसकेका छन भने कतिपय जिल्लाहरुबाट पुग्ने क्रम जारी छ । तेक्वान्दोको उद्धाटन कार्यक्रममा ओलम्पियन दिपक बिष्ट, कराँतेका खेलाडी दिपक श्रेष्ठ र केन्द्रिय समितीका अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष राजेन्द्र मगरले जानकारी गराउनु भयो । प्रतियोगिताले डडेल्धुराको तेक्वान्दो खेलमा मात्रै नभई पर्यटन क्षेत्रमा समेत राम्रो प्रभाव पार्ने अध्यक्ष मगरको भनाई छ । सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा आउदो पौष ८ गते देखि १५ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई