५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असन्तुष्टको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गर्छु: प्रधानमन्त्री

९ मंसिर २०७३, बिहीबार १२:३७

मङ्सिर ९, सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयन गरिने बताउनुभएको छ । 

सिन्धुलीको कल्पवृक्ष र कपिलाकोट गाविस जोड्ने पक्की पुलको शाहानमा आज शिलान्यास गर्दै उहाँले मधेसी, जनजाती, थारु, आदिवासीलगायतको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउनु भयो । 

प्रधानमन्त्रीले संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पुनःनिर्माणलाई तीव्रताका साथ सम्पन्न, युवालाई रोजगार, किसानलाई पेन्सन, कृषि क्षेत्रमा आधुनिकीकरण लगायतका क्षेत्रमा काम गर्न निरन्तर लागिपरेको बताउनुभयो । 

नेपालको आर्थिक समृद्धि कृषिमा प्रगति नगरी सम्भव नभएको भन्दै प्रधानमन्त्री दाहालले अब देशका हरेक प्रदेशमा एक कृषि क्याम्पसको अवधारणा आफूले लिएको उल्लेख गर्नु भयो । 

सिन्धुलीका भूकम्पपीडितले राहत नपाएको गुनासो आफूसमक्ष आएको भन्दै प्रधानमन्त्री दाहालले अबको केही दिनमा नै पीडितले राहत पाउने बताउनुभयो । वास्तविक कतिपय पीडित छुटेको गुनासोको सुनुवाइ गर्नका निम्ति आफूले सम्बन्धित व्यक्तिलाई निर्देशन दिइसकेको उहाँले उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री दाहाललाई सिन्धुलीका प्रमुख तीन राजनीतिक दलले सिन्धुलीमा आवश्यक विषयवस्तु समावेश गरेर माग पत्र बुझाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त प्रयासमा सिन्धुलीको कपिलाकोटको कोखाजोर १३ मेगावाट विद्युत् आयोजना निर्माण, ग्रामीण विद्युतीकरण, सिँचाइमा सुनकोसी मरिण डाइभर्सन, मरिण चदाँहा, कमला नदी तथा चुरे नियन्त्रण, पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माण लगायतका विषयवस्तु समावेश गरेर माग पत्र बुझाइएको थियो । 

विसं २०७३ असार ९ गते ठेक्का लागेको पुल विसं २०७६ पुस २८ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । रसुवा तुत्दी जेभी काठमाडौँले निर्माणको जिम्मा पाएको पुलका लागि सरकारको कुल रु ४३ करोड ५० लाखको लागत रहनेछ । 

मरिण क्षेत्रका जनताले झोलुङ्गे पुल माग गरे पनि मरिणको विकासका लागि पक्की पुलको शिलान्यास गरिएको क्षेत्र नं ३ का सांसद हरिबोल गजुरेलले बताउनुभयो । उहाँले मरिणका जनता सधैँ जोखिममा रहेको बताउँदै अबको केही वर्षमा पुल निर्माण कार्य सम्पन्न भएपछि यस भेगको विकास हुने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा