By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विकास निर्माणको बजेट फ्रिज हुन दिन्नौँ : रक्षामन्त्री खाँण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विकास निर्माणको बजेट फ्रिज हुन दिन्नौँ : रक्षामन्त्री खाँण
काठमाडौँ - KTMसमाज

विकास निर्माणको बजेट फ्रिज हुन दिन्नौँ : रक्षामन्त्री खाँण

साझासवाल
Last updated: February 19, 2017 10:59 am
साझासवाल
4 Min Read
Share

फागुन ८, काठमाडौँ । संसदीय समितिले विकास निर्माणका काममा नेपाली सेनालाई दिइने जिम्मेवारी प्रभावकारी रुपमा समयसीमाभित्र सक्न उच्च मनोबलकासाथ काम गर्न निर्देशन दिएको छ । 

व्यवस्थापिका–संसद् विकास समितिको बैठकमा भौतिक पूर्वाधार तथा रक्षामन्त्रालयका तर्फबाट नेपाली सेनाले सडकलगायत पूर्वाधार निर्माणमा गरिरहेको प्रगतिको समीक्षापछि समितिले उक्त निर्देशन दिएको हो । 

पूर्वाधार एवम् संरचना निर्माणमा नेपाली सेनाप्रति आमजनताको बढ्दो आशा एवम् अपेक्षाअनुरुप विकास निर्माण निर्देशनालयको सङ्गठन विस्तार र सुदृढीकरण गरी आवश्यक प्राविधिक जनशक्ति, उपकरण, तालिमलगायतका क्षेत्रमा क्षमता अभिवृद्धिमा ध्यान दिन समितिले सरकारलाई पनि निर्देश गरेको छ । 

नेपाली सेनाले निश्चित समयभित्र कति काम गर्ने हो स्पष्ट किटान गर्न तथा सोका लागि आवश्यक बजेट समयमै उपलब्ध गराउन र यस आर्थिक वर्षमा नेपाली सेनाले निर्माण गर्ने भनिएका सडकखण्डका लागि आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउनका लागि अख्तियारी दिन र पूर्वाधार निर्माणका क्रममा आवश्यक पर्ने विस्फोटक पदार्थको आयातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल गरी यथाशीघ्र समाधान गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ । 

यसअघि बैठकमा रक्षामन्त्री बालकृष्ण खाँणले विकास निर्माणका लागि सेनालाई दिएको रकम फ्रिज हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

उहाँले भन्नुभयो – “सडकलगायत पूर्वाधार निर्माणका लागि समयमा निकासा भएका कुनै पनि शीर्षकको रकम फ्रिज हुन नदिने ढङ्गबाट कार्यतालिका बनाएर काम गरिने छ । काम गर्ने कौशल छ, जिम्मेवारी पूरा गर्ने सेनामा दृढता छ ।” 

नेपाली सेनाले हालसम्म एक हजार २९ किलोमिटर सडक निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । 

हाल सेनाले मुलुकका विभिन्न क्षेत्रमा ५२० किमी सडक बनाउँदै गरेको संसदीय समितिलाई जानकारी गराएको छ । 

सेनाद्वारा निर्माणाधीन सडकमा कर्णाली करिडोर १९६ किमी, जाजरकोट–डोल्पा ११७ किमी, कालीगण्डकी कोरिडोर ६७ किमी, मैलुङ–स्याप्रुवेशी १८ किमी र बेनीघाट–आरुघाट–लार्केभन्जाङ १२० छन् । मुलुकमा सबै किसिमका गरी अहिले ५२ हजार किमी सडक सञ्जाल रहेको छ । 

नेपाली सेनाले निर्माण गरिरहेको कर्णाली कोरिडोरले त्यस क्षेत्रका विकट हुम्ला र डोल्पा जिल्लासमेत सडक सञ्जालमा छुन पुगेको छ । 

बैठकमा सांसदहरुले नेपाली सेनालाई आवश्यक प्रविधि, प्राविधिक जनशक्ति र बजेट उपलब्ध गराउन सकिएमा अहिलेको तुलनामा तीन गुना बढी नतिजा दिन सक्ने भएकाले हिमाल, पहाड र तराईमा एक–एकवटा नमुना परियोजना निर्माणको जिम्मेवारी दिनुपर्ने सुझाव दिएका थिए । 

सांसद रामकुमार भट्टराईले भन्नुभयो – “अरु क्षेत्रबाट हुँदै आएको पूर्वाधार निर्माणको काम सुस्त छ, सेना प्रविधि र प्राविधिक हिसाबले सक्षम हुन आवश्यक छ, सडकको ट्र्याक खोल्नेमात्र होइन, अब पुल बनाउने काम पनि सेनाले नै गरोस् ।” 

पूर्वाधार निर्माणको शिलान्यासमात्र होइन, उद्घाटन हुने अवस्था देखिनुपर्नेमा जोड दिँदै सांसद रञ्जना सरकारले भन्नुभयो –“मुलुकभर ९०० वटा पुलको ठेक्का भएको छ, निर्माणको क्षमता हामीसँग ३०० को पनि छैन, हिमाल, पहाड र तराईमा नमुना परियोजना बनाउने जिम्मेवारी सेनालाई दिनुपर्छ ।” 

सांसदद्वय मोहन बानिया र वैजनाथ चौधरीले सडक निर्माणमा सेनामा लक्ष्यअनुसारको प्रगति निकै राम्रो देखिएको हुनाले काम गर्नेलाई प्रोत्साहन गर्न सङ्गठनको क्षमता बढाएर निकुञ्जभित्रको सडक निर्माणको जिम्मेवारी पनि थप गर्नुपर्ने सुझाव दिनुभयो । 

सांसद कर्ण विकले सेनाले कठिन अवस्थामा थोरै समय र लागतमा कठिन काम गर्दै आएकाले सेनाको क्षमता अभिवृद्धि गर्न सरकारले विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो । 

रक्षामन्त्रालयका सचिव श्रीधर सापकोटाले देशको स्वाधीनता, अखण्डता, राष्ट्रियताको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनका लागि संविधानले दिएको जिम्मेवारी पूरा गराउन थप स्रोत साधन उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । 

नेपाली सेनाको विकास निर्माण निर्देशनालयका सहायक रथी उद्धव विष्टले सडक निर्माणका लागि बजेट समयमै विनियोजन हुन सके दिएको जिम्मेवारी समयसीमाभित्रै पूरा गर्न युद्धस्तरमा काम गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article जिल्ला अस्पताल डोल्पाको फार्मेसिमा ६ महिनामा १ लाख १० हजारको औषधि बिक्रि
Next Article जिल्ला स्तरिय संवाद कार्यक्रम खलङ्गामा सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

सेयर बजारमा चमक: ६८ अंकको सुधार, कुन सेयरको कारोबार बढी ?

57 years ago
समाज

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छः प्रधानमन्त्री मोदी

10 months ago
काठमाडौँ - KTMकास्की - KSKराजनीति

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छः मुख्यमन्त्री गुरुङ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?