2026-09-03 06:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला अस्पताल डोल्पाको फार्मेसिमा ६ महिनामा १ लाख १० हजारको औषधि बिक्रि

 टेक शाही, फागुन ८, डोल्पा ।  जिल्ला अस्पाताल डोल्पाको निजि फार्मेसिले ६ महिनामा १ लाख १० हजारको औषधि बिक्रि गरेको छ । २०७३ साल असोज ८ गते देखि सँचालन गरेकोे जिल्ला अस्पतालको फार्मेसिले नेपाल सरकारले तोकेको एमआरपि कै मुल्यमा बिरामीलाइ बेच्ने गरेको जिल्ला अस्पताल डोल्पाका प्रमूख डक्टर श्रीकान्त अग्रवालले जानकारि दिनुभयो । 

हाल यो फार्मेसिबाट नेपाल सरकारले निशुल्क बितरण गर्ने ७० किसिमका औषधि बाहेकका १ सय ४ किसिमका सशुल्क बिक्रि हुने औषधि बिक्रि गरेको छ । बिरामीेले बाहिरका निजी मेडिकलबाट एमआरपि भन्दा ३ गुणा महगो रुपैया तिरेर औषधि किन्ने पिडाबाट मुक्त गराएको २४ घण्टा २ जना कर्मचारिले नियमित रुपमा बिरामीलाइ औषधि उपलब्ध गराएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । 

सरकारको निति अनुसार हरेक जिल्ला अस्पतालमा आफनै फार्मेसि सँचालन गर्नु पर्ने भनिए पछि डोल्पामा पनि सँचालन गरिएको थियो । जिल्ला अस्पतालमै फार्मेसि सँचालन भए पछि हरेक बिरामीले सजिलै सस्तो मूल्यमा औषधि पाएका छन । सस्तोमा औषधि जिल्ला अस्पतालबाटै पाए पछि अब निजी मेडिकलको महगो औषधिको भर पर्नु नँपरेको बिरामीहरुले बताएका छन । 

आबास्यक्ता अनुसार बर्ष भरिमा औषधि खरिद गरिने र औषधि खरिद गर्दा बिक्रेताले १० प्रतिशत कम मुल्यमा जिल्ला अस्पताललाइ दिने र जिल्ला अस्पतालले नेपाल सरकारले तोकेको एमआरपिको मुल्यामा बिरामीलाइ बिक्री गर्ने गरेको अस्पतालले जानएको छ । हाल १२ हजारमा २ जना कर्मचारि राखेर द्दद्ध घण्टा नै सुबिधा दिदै आएको छ । 

मौसम परवर्तन सँर्गै जिल्ला अस्पातल डोल्पामा बिरामीहरु बढेका छन । दैनिक रुपमा लडेर चोट लागेका,हड्डिी भाँचिएका,रुघाखोकी र ग्यासट्रिकका बिरामी धेरै बढेकाछन । अघिल्लो बर्षको तुलनामा गर्भवति महिलाहरुको सख्या पनि बढेको अस्पातलले जनाएको छ । गर्भवति चेकजाँच गराउने र जिल्ला अस्पतालमा नै आएर गर्भवति गराउने महिलाको सँख्या पनि बढ्दो रहेको र यो सकारात्मक रहेको डक्टर अग्रवालले बताउनु भयो । 

जम्मा १५ सैयाको जिल्ला अस्पताल डोल्पामा भने खानेपानि र सौचालयको ठुलो समस्या रहेको छ । हरेक दिन धेरै मात्रामा पानिको प्रयोग हुने खानेपानि भने नियमित छैन । बिहान १ घण्टा र साँझ १ घण्टा मात्र पानि आउने भए पछि जिल्ला अस्पातल भित्र बस्ने कर्मचारि र जिल्ला अस्पातलका बिरामीलाइ पानिको समस्या परेको हो । 

अस्पातलमा ८ वटा भन्दा धेरै सौचालयहरु छन तर प्रयोगमा २ वटा मात्र रहेका छन । अन्य केहि ताला लगाएका छन भने केहि भत्कीएर जिर्न अबस्थामा रहेका छन । सौचालयको समस्या भए पछि बिरामी र बिरामीका कुरुवालाइ सौचालयको समस्या हुने गरेको बिरामीका कुरुवाहरुले दुखेसो पोखेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही