२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुबईमा रहेका नेपालीहरुलाई लक्षित गरि राष्ट्र बैंकले कार्यक्रम गर्दै

२०७३, २७ फाल्गुन शुक्रबार ०८:१०

फागुन २७, काठमाडौं | नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र बारे युएईमा रहेका सरोकारवालाहरुलाई जानकारी गराउने भएको छ । विदेशमा काम गर्ने नेपालीको लगानीलाई लक्षित गरी नेपाल राष्ट्र बैकले बचत पत्र ल्याएको राम्रो भए पनि धेरैले उक्त बचतपत्रमा गर्ने लगानी र त्यसले दिने लाभका विषयमा नबुझेका कारण लगानी नगरेकाले बुझाउन स्थलगत कार्यक्रम गर्न लागेको हो । बैंकले फागुन ३० गते सोमबार युएईमा कार्यरत नेपालीहरुलाई दुबईको फोर प्वाइन्ट सेराटन होटलमा कार्यक्रम गरी जानकारी गराउने तयारी भएको जनाएको छ । 

विगत केही वर्षदेखि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई लक्षित गरी यो बचत पत्रको अवधारणा ल्याए पनि उनीहरुले खासै चासो देखिाउन नचाहेका कारण न्यून मात्रामा खरिद भएको छ । प्रवासमा रहेका धेरैजसो नेपालीले बचतपत्रबारे जानकारी नै हुन नसकेको बताएका छन् । बचतपत्र जारी हुने, फाराम पाउने र फारम भर्ने र रकम पठाउने, रकम पठाउँदा विनिमय दर कति हुने जस्ता विषय राष्ट्र बैंकल आफ्नो साइटमा राख्ने गरेको भएपनि सरोकारवालाहरुले त्यसबाट लाभ लिन सकेको देखिएको छैन । बैंकले गत आर्थिक वर्ष तीन पटक वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो । तीन पटकमा अर्बको बचतपत्र निष्काशन गर्दा जम्मा ४३ करोड २५ लाखको बिक्री भएको थियो । 

राष्ट्र बैंकले वैदेशिक रोजगार बचत पत्र सम्बन्धी कार्यविधि २०६९, तयार गरी रोजगारीका लागी देश बाहिर गएका, विदेशमा रोजगारी गरी फर्केका, विदेशमा बसोबास गर्ने गैर–आवसीय नेपालीलाई लक्षित गरेर वार्षिक रुपमा बचत पत्र जारी गर्दै आएको छ । वार्षिक ९ प्रतिशतका दरले ब्याज दिनेगरी बिक्रि गरिने बचतपत्र विदेशमा रोजगारीमा रहेका व्यक्ति, गैरआवासीय नेपाली, वैदेशिक रोजगारीबाट फर्किएको ४ महिना नकटेका व्यक्ति वा परिवारका सदस्य बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीले किन्न सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता