२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वासिङ्टन एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तो सुरक्षा मुख्यालय बनाउने योजना छैनः अमेरिका

२०७७, १६ मंसिर मंगलवार ०७:१५

मङसिर १६, सियोल (रासस/योनहाप)। संयुक्तराज्य अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले बताउनु भएको छ ।

पूर्वी एसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका लागि अमेरिकी उप सहायक विदेश मन्त्री मार्क न्यापरले योनहापलाई दिएको अन्तर्वार्तामा उक्त कुरा बताउनु भएको हो । अमेरिकी अग्रसरतामा रहेको अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वेडका सन्दर्भमा न्यापरले भन्नुभयो, “अहिल्यै सैन्य मुख्यालय निर्माण गर्ने अमेरिकी योजना छैन ।”

उहाँले भन्नुभयो, “अहिल्यै नेटोकै स्वरुपमा क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने अमेरिकी योजना छैन, तर एकै किसिमका दृष्टिकोण भएका मुलुकहरुबीच साझेदारी गर्ने कुरालाई अमेरिकाले स्वागत गर्नेछ ।”पछिल्ला दिनमा क्वेडलाई बहुपक्षीय सुरक्षा गठबन्धनका रुपमा विकास गर्ने योजना अघि सारिएको भन्दै चौतर्फी चासो व्यक्त भएको छ जसमा दक्षिण कोरिया समेतलाई समावेश गर्ने योजना अघि बढेको छ । यस समूहले खासगरी चिनियाँ प्रभावलाई नियन्त्रण गर्ने लक्ष राखेको छ । 

अमेरिकी प्रशासनले यस समूहलाई अझ विस्तार गर्न लागेको भन्ने धारणालाई अस्वीकार गरेको छ तर क्वेडलाई अझ बढी संगठित संरचनामा रुपान्तरित गर्ने सोच अमेरिकाले अघि सारेको छ । दक्षिण कोरियासँगको सम्बन्धका बारेमा सोधिएको प्रश्नमा न्यापरले कोरोनाभाइरसका कारण अबरुद्ध भएको आपसी भ्रमण कार्यक्रम चाँडै शुरु हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुबै मुलुकबीच जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन अमेरिका तयार रहेको बताउनु भयो । 

उत्तर कोरियाली आणविक अप्रसारका बारेमा सोधिएको एक प्रश्नमा न्यापरले उत्तर कोरियासँग वार्ता गर्न अमेरिका खुला रहेको बताउनुभयो । उहाँले उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रम त्याग्नु पर्ने बताउनुभयो । 

उत्तर कोरिया मामिलामा दक्षिण कोरियाली राष्ट्रपतिसँग अमेरिकाले निरन्तर छलफल र विचार विमर्श गरिरहेको पनि उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ