विजय थापा/कात्तिक २२, वाशिंगटन डिसी l नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोहमा मह जोडीको बेजोड प्रस्तुति संगै रजत जयन्ति ऐतिहासिक सफलता पुर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक २२, वाशिंगटन डिसी l नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोहमा मह जोडीको बेजोड प्रस्तुति संगै रजत जयन्ति ऐतिहासिक सफलता पुर्व"/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मह जोडीको बेजोड प्रस्तुति संगै एनपीपीएको रजतजयन्ति सम्पन्न


विजय थापा/कात्तिक २२, वाशिंगटन डिसी l नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोहमा मह जोडीको बेजोड प्रस्तुति संगै रजत जयन्ति ऐतिहासिक सफलता पुर्वक सम्पन्न भएको छ l नोवेम्बर ४ र ५ तारिख बिबिध अद्वितीय कार्यक्रमहरु प्रस्तुत गर्दै संस्था २५ बर्ष पुगेको उपलक्ष्यमा मह जोडी(मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )लाई अमेरिका झिकाएर कुनै कसर नछोडी कार्यक्रम समापन गरेको छ l 

दुई दिन सम्म चलेको रजत जयन्ती समारोह खचाखच भिड रहेको थियो भने मह जोडीको बिशेष कार्यक्रमको लागि डीसी महानगर क्षेत्रका नेपाली समुदायले कलाकारलाई देखाएको हौशला तथा सहभागिता उत्साहजनक रहेको थियो l 

पहिलो दिन म्ह पूजा त्यतिकै ऐतिहासिक रहन पुगेको थियो भने दोश्रो दिन गणेश पूजा ,औपचारिक कार्यक्रम तथा अन्तिम भब्य सांस्कृतिक कार्यक्रम गर्दै रजत जयन्ति सम्पन्न भएको छ l 

 मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बिद्यालयमा आयोजित औपचारिक कार्यक्रममा नेपालका सांसद सुशील श्रेष्ठ लगायत अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (विधा वारिधि )मदन कृष्ण श्रेष्ठ ,हरि बंश आचार्य महा बाणिज्य दुत प्रेम राजा महत ,सयुक्त राष्ट्र संघ युवा सम्मेलनकि सभापति जोली अमात्य ,डब्लु एनओ का अध्यक्ष सिजन श्रेष्ठ तथा क्यालिफोर्निया स्टेट बिश्व बिद्यालयका अधिष्ठाता (डिन ) तथा संस्थापक अध्यक्ष राम मालाकारले शुभकामना सहित मन्तब्य राखेका थिए l कार्यक्रममा दबु नामक पत्रिकाको बिमोचन मंचमा आसिन सबै अतिथिहरु द्वारा गरिएको थियो l 

रजत जयन्तको अवसरमा एनपीपीए कार्यक्रमको लागि मात्र बिशेष प्रस्तुति बोकेर अमेरिका आएका मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )ले एउटा नेवा भाषामा दोहारी गीतमा हास्यब्यंग प्रस्तुत गरेका थिए भने दोश्रो प्रस्तुति विकास र भ्रष्टचार नामक कार्यक्रम गरेका थिए l विकास र भ्रष्टचार प्रस्तुतिको मूल आसय नेपालमा भ्रष्ट्राचारले कसरि जरो गाडेको छ भन्ने चित्रण गरिएको थियो भने पानी मुनि गए पनि भ्रष्ट्राचारले नछोड्ने संदेश दिएको थियो l 

पहिलो पटक प्रस्तुति रहेको उक्त सांस्कृतिक कार्यक्रमअद्वितीय रहन पुगेको थिए भने मह जोडीको प्रस्तुति संगै बुद्ध भजन ,पन्च कुमारी नृत्य ,धिमे नृत्य ,चण्डिका  ,नृत्य तथा आकृति खनालले नृत्य प्रस्तुति गरेकी थिइन् l यसै गरि गायक सृजन ताम्राकार ,सरिस्मा अमात्य ,सारना श्रेष्ठ ,राम श्रेष्ठ तथा आशिस भडेलले गित प्रस्तुत गरेका थिए भने कलाकार रतन सुबेदीले कुखुरी का ,रातो भाले क्वायक क्वायक गीतमा अन्य कलाकारले कसरि गाउछन भने हास्य व्यंग्य प्रस्तुति गरेका थिए l 

कार्यक्रमको सभापति सरोज प्रजापतिले गरेकी थिइन् भने कार्यक्रम अगाडी नेपाली राष्ट्रिय गीत प्रविन ताम्राकार तथा अमेरिकन राष्ट्रिय गीत साहारा जोशीले गाएकी थिइन् l मह जोडी तथा सांस्कृतिक कार्यक्रमको कार्यक्रम संचालन नेपाली चलचित्र कि नायिका तथा काली सुन्दरी ऋचा घिमिरेले गरेकी थिइन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो