चैत १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बत"/>

६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्ध विश्व निर्माणका लागि सहकार्य र स्वतन्त्रता अपरिहार्य: प्रधानमन्त्री

१२ चैत्र २०७३, शनिबार ०६:४२


चैत १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतमतान्तरको अन्त्य अपरिहार्य भएको बताउनुभएको छ । 

एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनलाई आज चीनको बोआओमा सम्बोधन गर्दै उहाँले भन्नुभयो — “समृद्ध विश्व निर्माणका लागि एकांकीपन नभई सहभागिता, व्यवधान नभई सम्बन्ध सेतुको विस्तार, संरक्षणवादको साटो सहकार्य र निर्भयपूर्वक स्वतन्त्र व्यापार आवश्यक भएको छ ।” 

‘भूमण्डलीकरण र स्वतन्त्र व्यापारः एसियाली दृष्टिकोण’ विषयक सो सम्मेलनमा प्रधानमन्त्री दाहालले समृद्धिको साझा एसियाली लक्ष्य प्राप्तिमा एसियाका नेतामा दूरदृष्टि, विशाल हृदय र साहस रहेकामा आफू विश्वस्त रहेको बताउनुभयो । 

भूमण्डलीकरण र स्वतन्त्र व्यापार विकासको बाहक भएको तथा २१ औं शताब्दी एसियालीको शताब्दी भएको बताउँदै उहाँले भन्नुभयो, “भूमण्डलीकरणको एसियाली ढाँचालाई मूर्तरुप दिन हामीले सहयोग र सहकार्यको खाका तयार गर्नुपर्छ, जसले विचार तथा व्यापार सम्पर्कलाई निर्वाध प्रवाहमा टेवा दिने र सबै पक्षलाई समान लाभ हासिल हुनेछ ।” 

प्रधानमन्त्री दाहालले एसियाका धेरै मुलुक आजसम्म पनि भूमण्डलीकरणबाट लाभान्वित हुन नसकेको तथा वस्तु र सेवाको निर्वाध प्रवाह पनि हुन नसकेकाले ती राष्ट्र विकासका दृष्टिले पछि परेको बताउँदै अवसरमा समानतासँगै भूमण्डलीकरणका अवसरबाट सबैमा लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । 

बितेका केही दशकमा भूमण्डलीकरण अन्तर्राट्रिय व्यापारले विकासशील एवम् विकसित मुलुकका जनताको जीवनस्तरमा आधारभूत परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले सन् १९९० मा ४७ प्रतिशत रहेको चरम गरिबीलाई १४ प्रतिशतमा झारेको बताउनुभयो । 

प्रधानमन्त्री दाहालले विकासको प्रमुख शक्ति र विश्व अर्थतन्त्रको मेरुदण्ड भूमण्डलीकरण भएको तथा त्यसले लाखौं लाख जनतालाई गरिबीबाट उठाएको भन्दै भूमण्डलीकरण मात्रै पूर्ण विकास नभएको धारणा व्यक्त गर्नुभयो । 

“हाम्रो विश्वलाई समृद्धशाली बनाउन स्वतन्त्र व्यापार र भूमण्डलीकरणको महत्व सर्वस्वीकार्य निर्विवाद छ तर धेरैले त्यस प्रक्रियामा आफूहरु समाहित हुन नसकेको अनुभूत गरेका छन्, भूमण्डलीकरणको परिणामस्वरुप धेरैले आफूहरु प्रभावहीन भएको गुनासो पनि गरेका छन्,”उहाँले भन्नुभयो— भूमण्डलीकरणको प्रतिफल समान ढङ्गले बाँडफाँट हुन सकेको छैन् ।” 

प्रधानमन्त्री दाहालले स्वतन्त्र व्यापार र भूमण्डलीकरणको असमानताले विकसित र विकासोन्मुख देशका विभिन्न भागमा आशङ्का सिर्जना गरेको र त्यसले अनिश्चय र निराशा उत्पन्न गरेको उल्लेख गर्दै आर्थिक वृद्धिको आधारभूत तत्व वाणिज्य र व्यापार हो भन्नुभयो । नेपालजस्ता अल्पविकसित, भूपरिवेष्टित राष्ट्रका लागि विश्वबजारसम्म भन्साररहित पहुँच विस्तार, व्यापार क्षमता निर्माणका साथै व्यापार सहजीकरणमा विकसित राष्ट्रहरुले सघाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, “नेपालले धेरै राजनीतिक उपलब्धि हासिल गरी आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको छ । द्रुत आर्थिक वृद्धि र विकास हाम्रो अहिलेको प्राथमिकता हो ।” 

नेपालमा लगानीका प्रशस्त क्षेत्र र अवसर रहेका तथा तिनले पर्याप्त प्रतिफल दिने बताउँदै उहाँले जलविद्युत्, पूर्वाधार विकास र पर्यटनजस्ता लाभका क्षेत्रमा लगानी गर्न एसियाका उद्यमी व्यापारीलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री दाहालले नेपालको बढ्दो बजार र एसियाका विशाल अर्थतन्त्र भएका दुई ठूला छिमेकीबीचको अवस्थितिले हाम्रो मुलुकलाई आर्थिक गतिविधिको मुख्य केन्द्र बनाउन सकिने अपार सम्भावना रहेको छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति