चैत १२, काठमाडौँ । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । भूकम्पबाट ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १२, काठमाडौँ । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । भूकम्पबाट ब"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

२०७३, १२ चैत्र शनिबार ०७:३२


चैत १२, काठमाडौँ । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । भूकम्पबाट बसन्तपुर दरवारक्षेत्रका धेरै भौतिक सरचनामा क्षति पुगेको छ । 

रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका रक्षामन्त्री चाङले हनुमानढोकाभित्र रहेका नासलचौक, लोहचोक, नौ तल्ले दरवार र त्यसमा जडित काष्ठकलाकाबारे निकैै चासोका साथ जानकारी लिनुभयो । 

अवलोकनका क्रममा उहाँले हनुमानढोका परिसरमा रहेका जग्गनाथ मन्दिर, प्रताप मल्लको शालिक, कृष्णमन्दिर, काल भैरवको मूर्ति तथा कुमारी मन्दिरबारे पनि जानकारी लिनुभयो । 

सो अवसरमा रक्षामन्त्री चाङले बसन्तपुर दरवारलगायतका संरचनाको पुनःनिर्माण कहिलेसम्म पुरा होला भनी जिज्ञासा राख्नुभयो । 

त्यस क्षेत्रको अवलोकन गर्ने क्रममा नेपाली वास्तुकलाबाट आफू निकै प्रभावित भएको बताउँदै उहाँले भूकम्पबाट भएको जनधन र यहाँका एतिहासिक तथा साँस्कृतिक धरोहरमा पुगेको क्षतिप्रति दुख व्यक्त गर्नुभयो । 

संयुक्त राष्ट्रसघीय शैक्षिक, वैज्ञानिक एवम सास्कृतिक संगठन र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बसन्तपुर दरवार तथा त्यस क्षेत्रका सम्पदाको पुन निर्माण गर्ने कार्यक्रम छ । 

रक्षामन्त्री चाङलाई चिनियाँ भाषाका पथप्रर्दशक तोयानाथ सुवेदीले भूकम्पबाट क्षति भएका त्यस क्षेत्रका मठ, मन्दिर र अन्य सम्पदाको बारेमा विस्तृतरुपमा जानकारी गराउनुभएको थियो । 

रक्षामन्त्री चाङले हनुमान ढोकाको मुख्य प्रवेशद्धार अगाडी परेवासँग निकै खुशीका साथ तस्विर समेत खिचाउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ