By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    1 hour ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    4 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    5 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    5 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    8 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्थानीय निर्वाचनका लागि काँग्रेसको तयारी तीव्र
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > स्थानीय निर्वाचनका लागि काँग्रेसको तयारी तीव्र
काठमाडौँ - KTMराजनीति

स्थानीय निर्वाचनका लागि काँग्रेसको तयारी तीव्र

साझासवाल
Last updated: March 29, 2017 8:31 am
साझासवाल
5 Min Read
Share

चैत १६, काठमाडौँ । नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तीव्र तयारी थालेको छ ।

Contents
  • निर्वाचन प्रयोजनका लागि स्थानीय समन्वय समिति गठनः
  • प्रहरी प्रमुखका सम्बन्धमा सर्वोच्चको निर्णय हस्तक्षेपः
  • अनुशासन समितिमा श्रेष्ठ, लेखामा यादवः

काँग्रेसले संविधानबमोजिम राज्यको पुनःसंरचना र स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट सम्बन्धित तहमा पार्टी सङ्गठन परिचालन गर्ने र उम्मेदवार चयन गर्नेलगायतका विषयमा आफ्नो विधानमा थप व्याख्या र स्पष्ट गरेको छ ।

काँग्रेसको तीन दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले १३ औँ महाधिवेशनबाट गठित पार्टी संरचना कायम रहने गरी विद्यमान संरचनामार्फत जनस्तर (टोलस्तर) सम्म सङ्गठन विस्तार गरी परिचालन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । 

निर्वाचन प्रयोजनका लागि स्थानीय समन्वय समिति गठनः

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि पार्टीले गाउँपालिका र नयाँ गठन भएको नगरपालिकाको केन्द्र रहेको गाउँ एकाइ सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक तथा सबै एकाइ कार्यसमितिका हाल बहाल सबै पदाधिकारीलाई गाउँपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरेको छ ।

नगरपालिका/उपमहानगरपालिका/महानगरपालिका गठन भएकोमा नगरका सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक र सबै एकाइ कार्यसमितिका सबै पदाधिकारीलाई नगरपालिका/ उपमहानगरपालिका/महानगरपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरिएको नेता बडूले जानकारी दिए । 

काँग्रेसले आगामी वैशाख ७ गतेभित्र जिल्लास्थित संयन्त्रमार्फत सबै तहका लागि उम्मेदवार चयन गरिसक्न स्थानीय नेतृत्वलाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर जिल्ला सभापतिले गर्नुपर्ने व्यवस्था छ ।

उम्मेदवार चयनका सम्बन्धमा पार्टीले एकै निर्वाचन क्षेत्रअन्तर्गत उम्मेदवारको नाम, सम्बन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै दुई वा दुईभन्दा बढी क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले सिफारिस गर्ने नेता यादवले बताए। 

उक्त सिफारिसको आधारमा केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापति, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ ।

जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यको चयन सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिष्पर्धी, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय गर्नेछ ।

प्रहरी प्रमुखका सम्बन्धमा सर्वोच्चको निर्णय हस्तक्षेपः

काँग्रेसले संविधानले संवैधानिक सर्वोच्चता, बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्दै कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको महसुस गरेको छ ।

काँग्रेसले संसद्मा प्रस्तावित संविधान संशोधन विधेयक संसद्मा रहेका सबै दलको यथाशक्य सहमतिमा पारित गर्न नेपाली काँग्रेसले अग्रसरता लिने र त्यसका लागि संसद्मा रहेका सम्पूर्ण दलसँगको संवादलाई तीव्र र सार्थक बनाउन पहलकदमी लिने निर्णय गरेको छ । काँग्रेसले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गर्दै निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दललाई अपिलसमेत गरेको छ ।

पार्टीले भूकम्पबाट प्रभावितलाई सबैलाई राहतको बाँकी किस्ता उपलब्ध गराउन तथा बाढी, पहिरोपीडितलाई भूकम्प प्रभावितसरह राहत दिने निर्णय गरेको छ । त्यस्तै घर जग्गा अनुदान अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

अनुशासन समितिमा श्रेष्ठ, लेखामा यादवः

काँग्रेसले विधानअनुसार अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई चयन गरेको छ भने लेखापरीक्षण समितिको संयोजकमा केन्द्रीय सदस्य चित्रलेखा यादवलाई चयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 

पार्टीले गत फागुन २६ गते कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएको घटनालाई दुःखद्, खेदजनक र दुर्भाग्यपूर्ण भनेको छ । साथै घटनाको सम्बन्धमा भारतको उच्च कूटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानबिन गरी दोषी माथि कारबाही अगाडि बढाउन, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

आइतबारदेखि सुरु बैठकले यसअघि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए । 

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समिति समेत गठन गरिसकेको छ । भीष्मराज ओझा/रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपियो: प्रधानमन्त्री
Next Article चुनावलाई लक्षित गरी सीमामा उच्च सतर्कता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

स्रष्टाको सम्मान गर्न सरकारलाई उपराष्ट्रपति पुनको आग्रह

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कोरिया जानेहरुको स्वास्थ्य परिक्षण भदौ ४ देखि, यी ४ अस्पतालमा जाँच गराउन सकिने

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रधानमन्त्रीलाई विदेशमन्त्री स्वराजको दिल्लीमा स्वागत

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

के हो एयरब्याग ? दुर्घटनामा यसले ज्यान कसरी बचाउँछ ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?