चैत १६, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १६, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।"/>

2026-09-12 09:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावलाई लक्षित गरी सीमामा उच्च सतर्कता


चैत १६, वीरगन्ज । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतीय सीमा क्षेत्रसँग जोडिएका मध्य तराईका विभिन्न नाकामा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि मध्य तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको हो ।

त्यस क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन सशस्त्र प्रहरीले व्यापक रुपमा गस्ती, चेकजाँच र पेट्रोलिङ गर्ने काम सुरु गरिएको मध्यमाञ्चलका सशस्त्र प्रहरी नायब महानीरिक्षक नरेन्द्रकुमार सिंहले बताए ।

‘सरकारले घोषणा गरेको वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि मध्यमाञ्चलका १६ जिल्लाका सशस्त्र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीका युनिटलाई चनाखो भएर स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन निर्देशनसमेत दिएको छु ।’

नायब महानीरिक्षक सिंहले निर्वाचन शान्तिपूर्ण बनाउने सवालमा धेरै चुनौती रहे पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमावर्ती क्षेत्रमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको बताए ।

यस्तै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्सा, बाराका सशस्त्र प्रहरी उपरीक्षकद्वय रवीन्द्रकुमार ठाकुर र कुमार न्यौपानेले स्थानीय निकायको निर्वाचनलाई ध्यानमा राखी सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सहकार्य गरी संयुक्त गस्ती सुरु गरेको बताए ।

निर्वाचनको समयमा सीमावर्ती क्षेत्रमा हुन सक्ने आपराधिक घटनाप्रति सशस्त्र प्रहरी अहिलेदेखि उच्च सतर्कता अपनाएको र नेपाल–भारतबीचको खुला सीमाले निर्वाचनमा पार्ने प्रभाव मूल्याङ्कन गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस